मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउनका मन्त्री राईको आग्रह

Ujyalosandeshonline 11540+ समाचार ( )
८ पौष २०८०, आइतबार

काठमाडौं । शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाउन संसदीय समितिसँग आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको शिक्षा समितिमा उनले शिक्षामा भएको लगानीलाई फलदायी बनाउन विधेयक छिटो पास भएर कार्यान्वयनमा जान जरुरी रहेको उनले बताए । समितिले नियमित बैठक राखेर छलफलसँगै विधेयक चाँडो टुंगो लगाउन आवश्यक भएको उनको भनाइ थियो ।

मन्त्री राईले भने, ‘यो ऐन धेरै नै महत्वपूर्ण छ । हाम्रो राष्ट्रिय शिक्षा पद्धतिलाई कसरी अगाडि बढाउने, प्रभावकारी बनाउने र आजसम्म शिक्षामा भएको लगानीलाई फलदायी कसरी बनाउने भन्नेमा समय मन्त्रालयको तर्फबाट मिलाउँछौं । नियमित बैठक राखेर यसलाई टुंग्याइदिन पाए मुलुकको ठूलो कल्याण हुने थियो ।’

शिक्षकहरुको सेवा सुविधा र शिक्षा क्षेत्रमा खेल्नुपर्ने भूमिका र जिम्मेवारीलाई पनि सुनिश्चित गर्न आवश्यक रहेको भनाइ पनि उनले राखे ।  

उनले भने,‘शिक्षकहरुको सेवा सुविधा उहाँहरुको हक अधिकार र उहाँहरुले  खेल्नुपर्ने भूमिका, जिम्मेवारी र कर्तव्यलाई पनि सुनिश्चित गर्नुपर्ने अवस्था छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार