मुख्य समाचार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने | मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन | लुम्बिनी प्रदेश सभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित | गोरु गाडमा गहुँ लैजाँदै किसान | विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु | अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन |

उज्जवल पोखरेलको नेतृत्वमा जनमुखी कार्यक्रम : गर्भवतीहरूलाई पौष्टिक आहार, समयमै घटना दर्तामा प्रोत्साहन

Ujyalosandeshonline 11038+ समाचार ( )
२५ कार्तिक २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयले गर्भवती महिलाहरूलाई पौष्टिक आहार वितरण गरेको छ । वडा कार्यालयमा आयोजित एक कार्यक्रममा २१ जना गर्भवती महिलालाई पौष्टिक आहार प्रदान गरिएको वडा अध्यक्ष उज्जवल पोखरेलले जानकारी दिनुभयो ।

वडा अध्यक्ष पोखरेलले यो कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले सोही अवसरमा व्यक्तिगत घटना दर्तालाई समयमै गराउन सबैमा आग्रह गर्नुभयो । "जन्म, विवाह लगायतका व्यक्तिगत घटना दर्ता घटना भएको ३५ दिनभित्रै गराउन म सबैलाई आग्रह गर्दछु," उहाँले भन्नुभयो । समयमै घटना दर्ता गराउने परिवारका लागि वडा कार्यालयले प्रोत्साहन स्वरुप विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविका अमिता श्रेष्ठको स्वागत मन्तव्य र वडा सचिव विनोद कुमार कर्णको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख जानुका जि.सी., मिन बहादुर गुरुङ र असर्फी हरिजन लगायतले आफ्ना भनाइ राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार