मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बिपी मेमोरियल कप–२०२४
पाकिस्तानी टोलीको लगातार दोश्रो हार

Ujyalosandeshonline 11005+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

भैरहवा । भैरहवामा जारी बिपी मेमोरियल कप–२०२४ टि२० क्रिकेट प्रतियोगितामा दोश्रो दिन भएको खेलमा पाकिस्तानी टोली जावेद ईन्टरनेशनल क्रिकेट एकेडमी लगातार दोश्रो पटक हार व्यहोरेको छ । 

आईतबार भएको प्रतियोगिताको चौथो खेलमा बांग्लादेशको साईक क्रिकेट एकेडमीले ४२ रनले पराजित गरेको छ । पाकिस्तानले टस जितेर बांग्लादेशी टिमलाई पहिला ब्याटिङ्गको लागि बोलाएको थियो । बांग्लादेशी टोलीले १९.५ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १४७ रन बनाएको थियो । साईक क्रिकेट एकेडमीको लागि मुलरले २८ बलको सामना गर्दै ३ छक्का र ४ चौकाको सहयोगमा ४६ रन बनाए । यस्तै मुनिम शहरियारले २७ रन तथा सौरभले २५ रन बनाएका थिए । 

बलिङ्ग तर्फ पाकिस्तानी टोलीका रिसभ जोशीले १७ रन खर्चिदै ३ विकेट र कप्तान ईमरान नाजिर र अब्बास अलिले समान २/२ विकेट लिए । 

१४८ रनको लक्ष्य पछ्याउदै मैदान छिरेको पाकिस्तानको जावेद ईन्टरनेशनल क्रिकेट एकेडमी १८.५ ओभरमा सबै विकेट गुमाउदै १०५ रन मात्रै बनाउन सक्यो । पाकिस्तानी टोलीका लागि अलि हुसेनले ३४ रन बनाउदा अर्का खेलाडी जीम खाँनले १९ रन र शामूनले १८ रनको योगदान गरे । 

बलिङ्गमा बांग्लादेशका सोमराजले ३, रकिब र मुलरले समान २/२ विकेट लिए । 

शनिबार देखि सुरु भएको प्रतियोगितामा पाकिस्तानको लगातार दोश्रो पटक हार भएको हो । भारतीय टोली लाईफ केयर क्रिकेट एकेडमीले दुबै खेल जितेको छ भने नेपाली र बांग्लादेशी टोलीले एक/एक खेल जितेका छन् । राउण्ड रोविन्सको आधारमा खेलाईने प्रतियोगितामा सुरुका ४ टोलीलाई अघिल्लो चरणमा प्रवेश दिईनेछ । प्रतियोगिताको फाईनल खेल कार्तिक १० गते हुने आयोजक नेक्सस क्रिकेट एकेडमीमा अध्यक्ष भरत कुमार शाहीले जानकारी दिए । 

प्रतियोगितामा बांग्लादेशबाट साईक क्रिकेट एकेडमीबांग्लादेश, जावेद इन्टरनेशनल क्रिकेट एकेडमी पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रीकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टीम सहभागी रहेको छ । 

बिजयी टिमलाई रु ५ लाख र उप बिजेता टिमलाई रु ३ लाख पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार