मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राष्ट्रिय वैश्य महासंघद्वारा भीम अस्पतालका बिरामीहरूलाई फलफूल वितरण

Ujyalosandeshonline 11540+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

भैरहवा । राष्ट्रिय वैश्य महासंघ, रुपन्देहीले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा भैरहवास्थित भीम अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । महासंघले बिहीबार बिहान अस्पतालमा उपचाररत् बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो ।

कार्यक्रममा महासंघका उपाअध्यक्ष एवम कार्यक्रम संयोजक जोगेन्द्र अग्रहरीले मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै बिरामीहरूको मनोबल उच्च राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले फलफूल वितरण गरिएको जानकारी दिए । उनले भैरहवाको भीम अस्पतालमा न्यून आय भएका बिरामीहरु बढी रहेकोले यसै अस्पताललाई रोजेको बताए । ६५ जना बिरामीलाई बिभिन्न प्रकारका फलफुलसंगै हर्लिक्स, बिस्कुट लगायतका सामाग्री प्रदान गरिएको अग्रहरीले बताए । उनले आगामी दिनमा पनि सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

राष्ट्रिय वैश्य महासंघको यो कार्यले बिरामीहरूमा सकारात्मक ऊर्जा प्रदान गर्न सहयोग पुगेको अस्पतालका अध्यक्ष डा. अनन्त शर्माले बताए । उनले महासंघको यो प्रयास सराहनिय रहेको बताउदै फलफुल वितरणको लागि भीम अस्पताल चयन गरेकोमा धन्यवाद पनि दिए । सबैको प्रयासले भीम अस्पतालाई सबैको साझा अस्पताल बनाउन आफु लागि परेको उनको भनाई थियो । 

राष्ट्रिय वैश्य महासंघका उपाध्यक्ष जोगेन्द्र अग्रहरीको अध्यक्षता, अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न फलफूल वितरण कार्यक्रममा अस्पतालको मेडिकल सुपरिडेन्टेन्ट डा. शकुन्तला गुप्ता, व्यवस्थापक सुरज अधिकारी, डा. बैजनाथ अग्रहरी (कन्सल्टेन्ट अर्थोपेडिक सर्जन ), अहेब गोपाल उपाध्याय, महासंघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम महासंघका महासचिव तारेकश्वर कान्दुको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार