रुपन्देही-१ प्रारम्भिक मतपरिणाम: ठूला दललाई पछि पार्दै घण्टीको फराकिलो अग्रता

Ujyalosandeshonline 12436+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

देवदह । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाममा नयाँ विकल्पका रूपमा उदाएको 'घण्टी' चुनाव चिह्नले सानदार अग्रता कायम गरेको छ। परम्परागत ठूला राजनीतिक दलहरूलाई निकै पछाडि छाड्दै घण्टीले आफ्नो अग्रतालाई फराकिलो बनाएको हो।

पछिल्लो मतपरिणामअनुसार हालसम्म कुल २४ हजार ८ सय ७४ मतगणना सम्पन्न भएको छ। जसमध्ये घण्टी चुनाव चिह्न भएका उम्मेदवार सुनिल लम्सालले ११ हजार ९ सय ६ मत प्राप्त गर्दै पहिलो स्थानमा आफूलाई बलियो बनाएका छन्। उनलाई 'हलो' चुनाव चिह्नले ३ हजार ९ सय ३४ मतका साथ पछ्याइरहेको छ। पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीचको मतान्तर नै निकै फराकिलो देखिएको छ।

यता, देशका प्रमुख र लामो इतिहास बोकेका ठूला राजनीतिक दलहरूको अवस्था भने यस क्षेत्रको प्रारम्भिक गणनामा निकै कमजोर देखिएको छ। नेपाली कांग्रेसको चुनाव चिह्न 'रूख' ले जम्मा २ हजार ९ सय ३८ मत मात्र प्राप्त गरेको छ। त्यसैगरी, नेकपा एमालेको 'सूर्य' चिह्नले १ हजार ४ सय ४० मत मात्र पाएको छ। प्रारम्भिक नतिजाले प्रमुख दलका उम्मेदवारहरूलाई गम्भीर धक्का दिएको छ।

अहिलेसम्मको मतगणनाको रुझानलाई विश्लेषण गर्दा रुपन्देही-१ का मतदाताले पुराना तथा स्थापित दलहरूलाई भन्दा नयाँ र वैकल्पिक शक्तिलाई अत्यधिक रुचाएको प्रष्ट संकेत मिलेको छ। हाल मतगणना कार्य निरन्तर जारी रहेको छ। अन्तिम नतिजा कस्तो आउनेछ र पुराना दलहरूले मतान्तर घटाउनेछन् वा घण्टीले थप वर्चस्व कायम गर्नेछ भन्ने विषयमा यतिबेला सर्वत्र चासो र उत्सुकता बढेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार