मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एकसय दिनका उपलब्धीहरु

Ujyalosandeshonline 11011+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छ्न । मंगलबार उनले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमीको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी गराए । 

उनले भने,‘प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गरी) तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट कि.मि. र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमिको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको छ ।’

उनले कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाघु बसन्तपुर दोस्रो सर्किट निर्माण सम्पन्न गरी चार्ज गरिएको बताउँदै भने,‘प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’ 

उनका अनुसार प्राधिकरणले मागेको १० अर्ब रुपैयाँको ऋणको लागि सरकारको स्वीकृति समेत आइसकेको छ । ‘१० अर्बको अल्पकालीन ऋणको लागि ऊर्जा मन्त्रालयबाट सहमति प्राप्त भएकोले अब उक्त ऋण लिएर नगद अभावलाई पूर्ति गर्ने काम हुन्छ,’उनले भने । उनले मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत तथा अन्य सामूहिक खेती प्रणाली विकासको अवधारणा अघि बढाएको पनि जानकारी दिए । 

उनले भने,‘मार्गाधिका भित्र परेको जग्गामा सोलार जडान गरी उत्पादित विद्युत प्राधिकरणले खरिद गर्ने गरी अगाडी बढाइएको कार्यक्रम अन्तर्गत खिम्ती प्रसारण लाइनको मार्गाधिकार भित्र तामाकोशी गाउँपालिका ५ शहरे गाउँका स्थानीयसँग समन्वय गरी करिव १ मेगावाट सोलार आयोजनाको पीपीए प्रक्रिया अगाडी बढाइएको छ ।’

काठमाडौ उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको संचालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र मार्फत २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्देशक शाक्यले बताए।

काठमाडौ उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको संचालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र Distribution Control Centre मार्फत २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाईएको छ,’उनले भने प्राधिकरणले चार्जिङ स्टेशनको लागि आवश्यक पूर्वाधार निर्माण गर्नका लागि तपशिलका वितरण केन्द्रहरुको मागका आधारमा एक करोड ८१ लाख बजेट उपलब्ध गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार