मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

एनआरएनए कार्यालयमा शर्मा समूहको ताला, सरकारले सहयोग नगरेको गुनासो

Ujyalosandeshonline 11477+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)एक पक्षका अध्यक्ष राजेन्द्र कुमार(आरके)शर्माले अहिले संघ विषम परिस्थितिमा चलेको बताउदै सरकारले केही सहयोग नगरेको गुनासो गरेका छन् ।

गैर आवासीय नेपाली संघले विहीबार केन्द्रिय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा अध्यक्ष शर्माले यस्तो गुनासो गरेका हुन् । १०औं महाधिवेशन यता संघमा बढ्दै गएको विवादको प्रसङ्गलाई जोड्दै अध्यक्ष शर्माले संघलाई कसले कब्जामा लिने भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको बताए ।

शर्माले बद्री केसी समुहले पटकपटक संघ नै कब्जा गर्ने उद्देश्यसहित गतिविधि गर्दै आएकोप्रति असन्तुष्टि जनाए । उनले कसी समुहको उक्त निन्दनीय कार्य बिरुद्ध सशक्त प्रतिवाद गर्ने समेत बताएका छन् । अहिले बिदेशमा रहेका नेपाली नागरिकको लगानीबाट बनेको भवन बचाउन सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताउँदै सबैलाई साथ सहयोग गर्न आग्रह गरे । 

भवन बचाउन हातेमालो गर्न तयार रहेको पनि अध्यक्ष शर्माले बताएका छन् ।  एकताको महाधिवेशन गर्न आफू पनि तयार रहेको बताउदै अध्यक्ष शर्माले आपसी समन्वय सहकार्य र एकताका माध्यमबाट अगाडी बढ्नुपर्नेना जोड दिए । 

सहमतिका माध्यमबाट अगाडी बढ्दै गर्दा म नै अध्यक्ष हुनुपर्छ भन्ने आफ्नो धारण नरहेको उनले प्रष्ट्याए । सम्मानित विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति असन्तुष्टि जनाउँदै लिजमा लिएर कम्तीमा पनि ५० वर्षसम्म भवन सञ्चालन गर्नुपर्ने मागमा सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न पनि अध्यक्ष शर्माले अपिल गरे । 

विवाद साम्य गरेर आपसी सहकार्य, साझा सहमति र एकताका माध्यमबाट अगाडी बढ्नुपर्ने नै वर्तमान आवश्यकता रहेको अध्यक्ष शर्माले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनपछि शर्मा समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । केसी समूहले कार्यालय बन्द गरेर एकलौटी गरेको, कोषको रकम दुरुपयोग गरेको र संस्था कब्जा गर्न खोजेको भन्दै अलग्गै ताला लगाएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार