मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यकः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11004+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा रहेका विकृति र विसंगतिलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक रहेको बताउनु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, ढवाह शाखा, बुटवलद्वारा आयोजित शिवरात्रि महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समाज परिवर्तनका लागि आध्यात्मिक जागरणको खाँचो रहेको औंल्याउनु भएको हो ।

‘समाजमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि समाज परिवर्तनको आन्दोलनमा समर्पित हुन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘समुन्नत समाज विकास गर्ने महान लक्ष्यसहित अघि बढ्नुपर्छ । यसका लागि आध्यात्मिक जागरण आवश्यक छ ।’

उहाँले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले समाजमा सकारात्मक चिन्तन र दृष्टिकोण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आध्यात्मिक जागरणको अभियानलाई अझ प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।  साथै, आफू बिरामी पर्दा संस्थाले साथ दिएकै कारण आत्मबल बढाउन प्रेरणा प्राप्त भएको र नयाँ जीवन पाएको अनुभव पनि उहाँले साझा गर्नु भयो ।

‘म गम्भीर बिरामी भएर थला परेको बेलामा मेरो मनोबल उच्च बनाउन प्रेरणा दिने कार्य भयो । आत्मविश्वास जगाउने महत्वपूर्ण भूमिका यस संस्थाले खेल्यो । फलस्वरूप, म आज यहाँ उभिन सफल भएको छु,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘आत्मविश्वास जगाउने अभियानलाई अझ विस्तार गर्न आवश्यक छ ।’कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमला लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार