मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पशुपतिमा कोटीहोम महायज्ञ पवित्र उद्देश्यका लागि हो : आयोजक

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आउँदो साउन १ गतेदेखि बृहत कोटिहोम महायज्ञको तयारी भइरहेको छ । तयारी र प्रचारका लागि सोमबार काठमाडौंमा ट्याक्सी र्याली समेत आयोजना गरियो । 

मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको हो । 

आयोजक समितिका खेमराज रेग्मीले विषेषगरी कोटीहोम आश्रममा रहेका वालवालिकाहरुका लागि आफ्नो घरमा राख्नका लागी आयोजना गरिएको बताए । उनले ८२ भन्दा बढी वालवालिकाहरु मामाघर अनाथालय आश्रममा भाडाको घरमा बस्दै आएको जानकारी  दिए । 

उनले नेपाल न्युज बैंकसँग कुरा गर्दै भने, ‘संसारको सबैभन्दा ठुलो धर्म भनेको  मानव धर्म  हो र ठुलो सेवा नै मानव सेवा हो । मानव सेवा फाउन्डेसनले असाह्य बालबालिका लागि काम गरिरहेको छ । ललितपुरको गोदावरी नगरपालिका १४ मा रहेको मामाघर अनाथालय आश्रममा ८२ वालवालिका आमाबुबा विहीन अवस्थामा छन् र उनीहरुका लागि आश्रम व्यवस्थापनले अभिभावकको कर्तव्य निभाएको छ । तर अब आफ्नै घर निर्माण गरी सुविधा सम्पन्न रुपमा उनीहरुलाई बासको व्यवस्था गर्न हामीले यो कोटीहोमको भब्य तयारीमा लागेका हौं ।’

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएको छ ।  महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजकले जनाएको छ ।

साथै विश्व परिवेश वितृष्णामा रहेकाले मानिसहरू तनावमा रहेका बेला अध्यात्मक मार्गबाट जीवन बद्ल्न सकिने भएकाले आशीर्वचन तथा कथा प्रवचन कार्यक्रम राखिएको बताए । मन तथा जीवनको शान्तिका लागि पनि महायज्ञ कार्यक्रम गरिने  रेग्मीले बताए ।

यस्तै प्रदीपसिंह थापाले कोटीहोमका लागि यसअघि बृहत मोटरसाइकल र्याली गरिसकेको बताए । ट्याक्सी र्यालीपछि कलश यात्रा गर्न लागिएको उनले जनाए । यसैगरी थापाले नगरबासी सबैमा कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने आयोजकले जनाएको छ । 

एकमहिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार बेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौंको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तान्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउन्डेसनले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार