मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

कृत्रिम खुट्टाले सगरमाथाको सफल आरोहण गरेका हरि बूढामगरलाई सभामुखद्धारा सम्मान

Ujyalosandeshonline 11011+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

देउखुरी । देउखुरी (दाङ) कृत्रिम खुट्टाले बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल  आरोहण गरी अपांगता भएका ब्यक्ति पनि उदाहरणीय कार्य गर्न सक्छ भन्ने बिश्व सन्देशका साथ नयाँ कृतिमान राख्नु भएका थवाङ गाउँपालिका -३ रोल्पा निवासी हरी बुढा मगरलाई आज लुम्बिनी  प्रदेश सभा सचिवालयमा सम्मान  गरिएको छ । 

लुम्बिनी  प्रदेशका  सभामुख तुलाराम घर्ती मगरले  उहाँलाई सम्मान गर्नु हुँदै आत्मबिश्वास,जागरुकताले नै असम्भव लाग्ने काम पनि सजिलै सम्पन्न गर्न सकिने बताउनु भयो ।  विश्व कृतीमानी कार्यले नेपाललाई बिश्वसामु चिनाउन महत्त्वपूर्ण टेवा पुगेको बताउनु हुँदै उहाँले साहित्यमा झमक घिमिरे जस्तै साहसीक कार्यमा हरी बुढामगरको नाम अमर रहने बताउनु भयो ।

कृत्रिम खुट्टाको साहरामा सगरमाथाको सफल आरोहणले मानवजातिलाई  नै उत्प्रेरणा दिएको उहाँले बताउनु भयो । सगरमाथा आरोही बुढामगरले सम्मानले आफुलाइ अझै साहसिक कार्य गर्ने प्रोत्साहन मिलेको बताउदै विभिन्न ७ देशका अग्ला हिमालको आरोहण गर्ने बताउनु भयो । अपांगता भएको ब्याक्तीले पनि सबलाङ्ग सरह काम गर्न सक्छ भन्ने सन्देश दिन पनि आफुले साहसिक कार्यमा हात हालेको उहाँको भनाइ छ ।

उहाँले बिश्व शान्तिको लागि बिश्व अभियान संचालनको तयारी गरेको पनि जानकारी दिनु भयो ।  उहाँ  बिर्टिस सेनामा सेवारत रहदा अफगानिस्थान युद्धमा घाइते हुनु भएको थियो । दुबै खुट्टाको घुडा भन्दा तलको भाग गुमाउनु भएका बुढा मगर  २०८० जेठ ६ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सन् २०१० मा अफगानिस्तानमा एम्बुस विष्फोटमा परी दुवै गोडा गुमाउनु भएका उहाँ  सगरमाथा आरोहण गर्ने दुवै घुँडाभन्दा माथि गोडा गुमाएका (डबल एम्पुटी अबोभ नी) पहिलो व्यक्ति हुनुहुन्छ । सम्मान कार्यक्रम प्रदेश सभा सचिब दुर्लभकुमार पुन, सह सचिब ईश्वरी प्रसाद आचार्य, सभामुखकोप्रमुख स्वकीय सचिब पदम सोमै लगायत सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार