मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

खाली हुँदै गाउँ, नष्ट हुँदै प्राचीन सांस्कृतिक सम्पदाहरू

Ujyalosandeshonline 11005+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

रामेछाप । मानिसहरू सहर पसेपछि गाउँ खालि हुँदै जाँदा त्यसको प्रभाव सांस्कृतिक सम्पदाहरूमा पनि पर्न लागेको छ ।

गाउँमा मानिसहरू बस्न छाडेपछि पुराना सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू संरक्षणको अभावमा ढल्न र नष्ट हुन लागेका छन् । ती सम्पदाहरूको संरक्षणमा ध्यान नदिने हो भने केही समयमा नै नष्ट भएर जाने अवस्था सिर्जना भएको छ ।

गाउँमा मानिसहरू बस्न छाडेपछि बौद्ध धर्मालम्बिले आफन्तहरूको स्मरणमा बनाएका पुराना मानेहरू (छ्योर्तेन) नष्ट हुन लागेका सुनापति गाउँपालिका–४ बेथानका राजकुमार मैनाली बताउँछन् । वर्षौँ पुराना यस्ता धार्मिक तथा सांस्कृतिक संरचनाहरू अहिले खण्डहरमा परिणत भएका उनले बताए । ‘गाउँमा संरक्षण गर्ने मान्छे छैनन्, युवा जति सबै सहर र विदेशमा छन्, गाउँमा भएका बुढापाकाले काम गर्न सक्दैनन्, त्यसैले प्राचीन सम्पदाहरूको संरक्षण हुन छाडेको छ’, उनले भने ।

सुनापति गाउँपालिका–४ भ्वासामा रहेका यस्ता पुराना मानेहरू ढल्ने अवस्थामा पुगेका मैनालीले जानकारी दिए । ‘ती संरचना १ सय ५० वर्ष भन्दा पनि अगाडि हुन्, संरक्षण हुन नसक्दा खण्डहर भएका छन्, कुनै पनि बेला माटोमा बिलाउने अवस्था छ’, उनले भने ।

सुनापति–४ बेथानका अम्मरध्ज तामाङ यस्ता प्राचीन धार्मिक र सांस्कृतिक सम्पदा जोगाउने कुरा चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । ‘ती सम्पदा बनाउनेका सन्तानहरू गाउँ छाडेर हिँडे, गाउँमा बस्नेले त्यसको संरक्षण गर्न सक्ने अवस्था छैन, यस्ता संस्कृति र सम्पदा स्थानीय सरकारले संरक्षण नगर्ने हो भने सबै नष्ट हुन्छन्, इतिहास नै मरेर जान्छ’, उनेले भने ।

बेथाको मात्र होइन जिल्ला भरिकै अवस्था यस्तै छ । अहिले यस्तै प्राचीन ऐतिहासिक माने, छ्योर्तेनहरु, मन्दिर, धारा, चौतारा, पँधेराहरू संरक्षणको पर्खाइमा छन् ।

संरक्षण नहुँदा नेपाली परम्पराको पहिचान दिने ती सम्पदाहरू बिस्तारै नष्ट हुँदै गएका छन् । यसको संरक्षणमा स्थानीय सरकार र नागरिक समाजको ध्यान जान आवश्यक देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार