भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यतर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका उम्मेदवार डा. लेखजंग थापा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै अग्रस्थानमा देखिएका हुन्।
हालसम्म गणना भएको मत विवरणअनुसार डा. थापाले २ हजार ६४० मत प्राप्त गरेका छन् । मतगणनाको सुरुवाती चरणमै उनले देखाएको यस अग्रताले उक्त निर्वाचन क्षेत्रमा चासो बढाएको छ। अहिले मतगणना कार्य निरन्तर रुपमा चलिरहेको छ। अन्य राजनीतिक दलका उम्मेदवारहरुको मत अवस्था र थप अपडेटेड विवरणहरू क्रमिक रुपमा सार्वजनिक हुँदै जाने निर्वाचन कार्यालयले जनाएको छ। अन्तिम नतिजाका लागि भने मतगणनाको पूर्ण विवरण कुर्नुपर्नेछ।