मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मन्त्रीका काममा सांसदलाई राजनीति नगर्न श्रममन्त्रीको आग्रह

Ujyalosandeshonline 12431+ समाचार ( )
७ असार २०८१, बिहीबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

सांसदहरुले मन्त्रीले गर्ने काममा राजनीति गरेकै कारणले देश समृद्ध बन्न नसकेको उनको जिकिर थियो । विकासका कुरामा एकछिन राजनीति बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने अर्यालको भनाइ थियो । 

‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरूमा राजनीति नगरी दिनुहोला । विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्, ’ उनले भने । 

कुनै एउटा मात्रै उद्योग चलाएर दसौं हजारका लागि रोजगारी सिर्जना गर्न नसकिने बताउँदै यसका लागि साना व्यवसायदेखि सबै प्रकारका उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । बैठकमा बोल्दै उनले रोजगारीका अवसर बढाउनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गरे । 

उनले भने, ‘हामीले कुनै एउटा उद्योग सञ्चालन गर्दैमा दसौं हजारले रोजगारी पाउँदैनन् । तर, हामीले साना व्यवसायलाई संरक्षण गर्दै,  साना, मझौला र ठुला उद्योगहरुलाई सञ्चालन गर्न सक्यौं भने मात्र धेरैभन्दा धेरैका लागि रोजगारी सिर्जना गर्न सकिन्छ । अहिले केही अनलाइन व्यवसायले समेत रोजगारीको अवसर सिर्जना गरेका छन् । वैध बाटोबाट यसरी रोजगारी सिर्जना गर्ने कम्पनीलाई सरकारले पुरस्कृत समेत गर्नुपर्दछ । हामी बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि प्रयासरत छौं । भर्खरै श्रमधान मेला समापन गरेका छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार