मुख्य समाचार
एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ |

आइसीसी टी–२० विश्वकप : भारत र आयरल्याण्डबीच प्रतिस्पर्धा हुने

Ujyalosandeshonline 11010+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं । वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ । समूह एमा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने छ । 

यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक साता अघि देखि नै सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । न्यूयोर्कमा आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थ मजबुत पारिएको जनाइएको छ ।

टी–२० अन्तर्गत नासाउ काउन्टीमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ, जुन निकै कम स्कोरिङ भएको थियो ।

नासाउको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको टोली ७७ रनमा मात्रै सिमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो । यस्तो अवस्थामा आयरल्याण्ड जस्तो खतरनाक टोली अपसेट गराउन माहिर छ । यसअघि पनि उसले धेरै पटक यस्तो गरिसकेको छ ।

तर, भारत र आयरल्याण्डबीचको तथ्याङ्क हेर्दा यी दुई टोलीबीच अहिलेसम्म सात खेल भइसकेका छन् । भारतले सातवटै खेल जितेको छ । रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले आयरल्याण्डलाई हल्का रुपमा लिने प्रयास गर्नेछैन । भारतीय टोली कागजमा निकै बलियो मानिन्छ । टोलीमा अनुभव र युवा जोशको विशेष मिश्रण छ । यस्तै, आयरल्याण्डको टोली पनि आज पहिलो पटक भारतलाई हराउने लक्ष्यसाथ मैदान उत्रने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार