मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला

Ujyalosandeshonline 11005+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ती नभएको बताउनुभयो ।

“चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोवल उच्च बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उहाँको भनाइ थियो । नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २४ को परिस्थिति आएको नेता डा कोइरालाले बताउनुभयो । उहाँले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

नेता डा कोइरालाले कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणालगायतका नेताको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै उक्त अनुसन्धानका लागि आफ्नोतर्फबाट साथ र सहयोग हुने उल्लेख गर्नुभयो । आफूले सुशासन र भ्रष्टाचारको अन्त्यलाई प्रमुख मुद्दा बनाउँदै आएको स्मरण गर्दै अहिलेका जेनजी पुस्ताले पनि त्यही खोजेको उहाँको भनाइ थियो ।

संविधानविद् प्रा डा विपिन अधिकारीले किसुनजी विपी कोइरालाको सहयात्री, प्रजातान्त्रिक नेता, लेखक र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्ति भएको बताउनुभयो । उहाँले कृष्णप्रसाद भट्टराई दूरदर्शी नेता भएको उल्लेख गर्नुभयो । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले किसुनजी सरल र आदर्शवादी व्यक्ति भएको बताउनुभयो । किसुनजीको व्यक्तित्व विशाल भए पनि तीन निर्वाचनमा पराजय भोग्नु दुःखद् भएको उहाँको भनाइ थियो । उहाँले नेपालको राजनीति मूल्य मान्यता खस्कँदै गएको उल्लेख गर्दै नोट र भोटको सम्बन्ध तोड्नुपर्ने धारणा राख्नुभयो ।

सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालले निष्ठा, सदाचार मूल्य मान्यता र आदर्श भएका नेता किसुनजीलाई कांग्रेसले सम्झन नसेकेको बताउनुभयो । कांग्रेसले नीति र नेतृत्व परिवर्तन गरेर आगामी निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा रवीन्द्र उप्रेती र उहाँकी धर्मपत्नी देवा उपाध्यायद्वारा लिखित ‘किसुनजी प्रेरणादायी प्रसङ्ग’ नामक पुस्तकको विमोचन गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै