मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : भण्डारी

Ujyalosandeshonline 12441+ समाचार ( )
गोपाल दाहाल/रासस
१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन गर्ने बताउनुभएको छ । निर्वाचन आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम समापन कार्यक्रममा उहाँले विसं २०७८ को जनगणना अनुसार महिलाको जनसङ्ख्या बढी भए पनि मतदाता नामावलीमा कम देखिएपछि अध्ययन गर्न लागिएको जानकारी गराउनुभयो ।

आफू पश्चिम नेपाल गएका बेला ५०, ६० वर्षका महिलासँग कुराकानी गर्दा मतदाता नामावलीमा नाम नभएको सुनाएका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो । उहाँले यस विषयमा अध्ययन गरेर आगामी दिनमा यस्तो नहुने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“दलहरूले यसै साता घोषणा पत्रमार्फत् नीति तथा कार्यक्रम ल्याउने जानकारी दिएका छन् । अहिलेको पुस्ताले चाहे अनुसारका विषय आए/नआएको अध्ययन गरेर पत्रकारले समाचारमार्फत सार्वजनिक गर्नुपर्छ । गत भदौ २३ र २४ गतेको घटनापछि धेरैतिर फर्किएर बसेका दललाई आयोगले एकै ठाउँमा ल्याएर अहिलेको निर्वाचनको वातावरण बनाएको हो”, भण्डारीले भन्नुभयो । निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आयोग र सञ्चारमाध्यम एवं पत्रकार एकै सिक्काका दुई पाटो भएका उहाँको भनाइ छ ।

विदेशमा बस्ने मतदाताले मत हाल्न पाउने कानुन नभएकाले यस वर्षको निर्वाचनमा यस्तो व्यवस्था गर्न नसकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिनुभयो । यसपटक आयोगले मितव्ययी निर्वाचन गर्न लागेको उल्लेख गर्दै उहाँले विदेशी विकास साझेदारसँग यसपटक आयोगले सहयोग नलिएको बताउनुभयो । कार्यक्रममा मूलधारमा काम गर्ने ५० जना पत्रकारको सहभागिता थियो ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आयोगले हालसम्म गरेका मुख्य मुख्य गतिविधिहरू’, सहसचिव यज्ञप्रसाद भट्टराईले ‘निर्वाचन आचारसंहितामा भएका मुख्यमुख्य व्यवस्था, कार्यान्वयनको अवस्था र सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचरण’ विषयमा प्रस्तुतिसहित प्रशिक्षण दिननुभएको थियो ।

यसैगरी सहसचिव राजेन्द्रकुमार केसीले ‘मतदाता शिक्षा विशेष कार्यक्रम, नमूना मतपत्र, मतदान गर्ने सही तरिका तथा मतपत्र बदर हुने अवस्था’, उपसचिव योगेश अर्यालले ‘आयोगले सञ्चालन गरेका सूचना प्रणाली वेभसाइटमा भएका सूचना एवं जानकारी तथा सामाजिक सञ्चालन अवलोकन र सञ्चालन गर्ने तरिकाबारे जानकारी’ र रजनीश भण्डारीले ‘निर्वाचनमा सञ्चारमाध्यमको भूमिका र दायित्व तथा सामाजिक सञ्जालको प्रयोग तथा अनुगमन’ विषयमा प्रस्तुतिसहित प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार