मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

Ujyalosandeshonline 11474+ समाचार ( )
२९ वैशाख २०८३, मङ्गलबार

काठमाडौ । मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या समाधान गर्न आयोगसँग पर्याप्त बजेट र स्रोतसाधन अभाव रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मधेसी आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने क्रममा उहाँले समितिमा मधेसी आयोगले भोग्नु परेको चुनौती र अवस्थाबारे जानकारी दिनुभएको थियो ।

उहाँका अनुसार सरकारलाई हालसम्म ३०० भन्दा बढी मधेसका समस्या सिफारिस गरिएको बताउनुभयो । यसमा कतिपय मधेसका महत्त्वपूर्ण विषय हालै सम्पन्न सरकारको नीति तथा कार्यक्रममा समेटिएको पनि बताउनुभयो । अध्यक्ष साहले भन्नुभयो, “मधेसमा विद्यमान समस्या थुप्रै छन्, समाधानका लागि स्रोत अभाव छ ।”मधेसमा विद्यमान दाइजो प्रथा, कुरीति, गरिबी, अशिक्षा, प्राकृतिक प्रकोप, बेरोजगारीलगायत समस्या छन् । यी सबैको समाधान गर्न राज्यको सहकार्य आवश्यक हुने उहाँको भनाइ छ । आयोगले हाल ७७ जिल्लामा २० लाख रुपैयाँ बजेटमा कार्यक्रम गर्नु परेको अध्यक्ष साहले जानकारी दिनुभयो । 

अध्ययन र अनुसन्धानका लागि मात्रै पाँच लाख रुपैयाँ बजेट  अपर्याप्त रहेको उहाँले बताउनुभयो । समितिका सभापति आकृति अवस्थीले मधेसका समस्या राज्यले सम्बोधन गर्नुपर्ने धारणा राख्दै यसका लागि आयोगले सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । बैठकमा सहभागी सांसदहरुले मधेसी आयोगको काम, कतव्र्य प्रभावकारी बनाउन आग्रह गरेका थिए । सांसद पार्वती विकले मधेसमा जरो गाडेको दाइजो प्रथा अन्त्यका लागि आयोगले सचेतनामूलक कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । 

सांसद रीना उप्रेती (केसी) ले सप्तरी र सिराहमा घरेलु हिंसा धेरै भएको जानकारी दिँदै यो विषयमा आयोगले अनुगमन समाधानतर्फ जोड दिनुपर्ने बताउनुभयो । सांसद दीपककुमार साहले मधेसमा बेरोजगारी अर्को ठूलो समस्या भएको औँल्याउँदै आयोगले यस क्षेत्रमा केकस्ता कार्ययोजना बनाएको छ भनी प्रश्न गर्नुभयो । साथै, सांसद डा ललिता कुमारीले शिक्षा र स्वास्थ्यको अभावमा मधेसले धेरै समस्याको सामना गर्नु परेको उदाहरण दिँदै आयोगले सरकारलाई यी दुई विषयमा राज्यको ध्यानाकर्षण गराउनतर्फ जोड दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार