मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्नु नै मेरो मुख्य एजेन्डा हो : उम्मेदवार हिरा बहादुर खत्री

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

धकधई । नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हिरा बहादुर खत्रीले अव्यवस्थित सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्यलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् । देवदह नगरपालिकाका विभिन्न वडामा आयोजित घरदैलो तथा मतदातासँगको सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता खत्रीले नागरिकलाई जग्गाको मालिक बनाउने विषयमा आफू अत्यन्त गम्भीर रहेको उद्घोष गरेका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रमा करिब आधा जनसङ्ख्या अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीहरूको रहेको उल्लेख गर्दै उनले उनीहरूको समस्या समाधान गर्नु नै आफ्नो मुख्य चिन्ता रहेको स्पष्ट पारे । सुकुम्बासी बस्तीमा जग्गाको कानुनी स्वामित्व नहुँदा नागरिकको ठूलो पुँजी फसेको र त्यसले समग्र आर्थिक गतिविधि नै अवरुद्ध पारेको खत्रीको भनाइ छ । भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सके रोकिएको पुँजी परिचालन हुने र स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने कुरालाई उनले अहिलेको प्रमुख आवश्यकताका रूपमा औंल्याएका छन् ।

यसअघि देवदह नगरपालिकाको नगरप्रमुख हुँदा पनि आफूले भूमिहीनको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उनले स्मरण गराए । तत्कालीन समयमा ठूलो धनराशि र जनशक्ति परिचालन गरेरै भए पनि द्रुत गतिमा काम अघि बढाइ झण्डै एक हजार परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्न सफल भएको दृष्टान्त उनले मतदातामाझ पेस गरे । अब निर्वाचित भएपछि जग्गा प्राप्तिका क्रममा देखिने कानुनी उल्झन र जटिलताहरूलाई चिर्दै नागरिकलाई सर्वसुलभ दररेटमा जग्गाको स्वामित्व दिलाउन आवश्यक नीति नै निर्माण गरेर अघि बढ्ने उनको दृढ प्रतिबद्धता छ । पुर्जाविहीन हुँदा नागरिकमा छाएको निराशालाई सम्बोधन गर्न आफू संकल्पित रहेको उनले बताए ।

चुनावी अभियानलाई तीव्रता दिँदै उम्मेदवार खत्री यतिबेला रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न पालिकाका गाउँटोलमा पुगेर नागरिकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । यस क्रममा उनले मतदाताका गुनासा सुन्ने र आफ्ना भावी योजनाहरू सुनाउने कार्य गरिरहेका छन् । निरन्तरको घरदैलो र जनभेटघाटका क्रममा आम मतदाताले भने उम्मेदवार खत्रीसमक्ष सडक स्तरोन्नति, व्यवस्थित ढल निकास, योजनाबद्ध सहर निर्माण र संघ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारमा सुशासन कायम हुनुपर्ने जस्ता विकास निर्माण र जनजीविकाका सवालहरूलाई प्रमुख रूपमा उठाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार