मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

निजामती सेवा दिवसमा मुख्यमन्त्रीको सम्बोधन जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न आह्वान

Ujyalosandeshonline 11011+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनउत्तरदायी भएर सेवा प्रवाहमा जुट्न  निजामती कर्मचारीहरुलाइ आह्वान गर्नु भएको छ ।

निजामती सेवा दिवस २०८१ अवसरमा जिल्ला प्रशासन कार्यालयले शनिवार अर्घाखाँचीमा आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त, छिटो छरितो , विश्वासिलो र जनउत्तरदायी बनाउन आह्वान गर्नु भएको हो ।

कर्मचारीहरु प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको भन्दै सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाहमा पारदर्शिता, जवाफदेही र उत्तरदायीपूर्ण हुनुपर्ने भनाइ मुख्यमन्त्री आचार्यको छ ।`हरेक क्षेत्रमा पारदर्शिता, जवाफदेही अनि उत्तरदायित्व आवश्यक पर्छ ।

कर्मचारीले दिने सेवामा यी बिषय महत्त्वपूर्ण हुने भएकाले ध्यान दिन जरुरी छ´उहाँले भन्नुभयाे-`कर्मचारी प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सेवा प्रवाहलाई नागरिक मैत्री, सुशासन र जवाफदेही युक्त बनाउन जरुरी छ ।

´ यस्तै सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले हुने कामहरुलाइ पनि कानुनी कुरा देखाएर अलमल्याउने काम गर्न नहुनेमा जोड दिनुभयो ।`छिटोछरितो सेवाको आवश्यकता छ । तर, हामी हुने कामलाई पनि कानुको शिरानी हालेर, कानुनको आड लिएर कतिपय गाँठोहरु आफै पार्ने गर्छौ´उहाँले भन्नुभयो-`म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु, हामिले कानुनको गाँठो पारेर, त्यो शिसानी हालेर जनसेवा हुन सक्दैन ।

यदि कानुन गाँठो परेको छ भने त्यसलाई कसरी फुकाउन सकिन्छ, हामी त्यसको निकास खोज्ने तिर लाग्न जरुरी छ ।´ मुख्यमन्त्री आचार्यले कर्मचारी तहले बल्झाउने भन्दा निकास खोज्ने काममा सक्रियता बढाउन जरुरी रहेको धारणा राख्नु भयो ।`मैले धेरै ठाउँमा देख्ने गर्छु ।

निकास खाेज्न भन्दा बल्झाउनेतिर जाने जुन खालेको हाम्रो परिपाटी को विकास भएको छ, यसको अन्त्य हुन जरुरी छ´मुख्यमन्त्री आचार्यले भन्नुभयो-`प्रदेश सरकार निजामती कर्मचारीहरुको हौसला र उत्साह बढाउन तयार छ । त्यहीँ अनुसार निजामती सेवा ऐनहरुमा वृत्तिविकासका अवसरहरु समावेश छन ।´

यस्तै प्रदेशमा देखिएको कर्मचारीको अभाव हटाउन लोक सेवा आयोग मार्फत झण्डै २ हजार कर्मचारी भर्नाको विज्ञापन खोल्ने तयारी सरकारले गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिनु भएको थियो । निजामती कर्मचारी दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार