मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पवनकुमार सेठिया स्मृति क्रिकेट: टेष्ट र एकदिवसीयपछि टी–ट्वान्टीमा पनि रुपन्देहीको बर्चस्व

Ujyalosandeshonline 11005+ समाचार ( )
२ माघ २०८२, बिहीबार

भैरहवा । रुपन्देही–११ ले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ३ विकेटले हराउँदै भैरहवामा सम्पन्न ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि क्लिनस्वीप गरेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा संचालित प्रतियोगितामा बिहीबार अन्तिम खेल जित्दै रुपन्देहीले सिरिज क्लिनस्वीप गरेको हो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज पनि क्लिनस्वीप गरेको थियो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १९ रन बनायो । जसमा जितेन्द्रसिंह ठकुरीले ३९, पवन कार्कीले १७ तथा प्रदीप पेला र निर्मल शाहीले समान १५ रन बनाए । बलिङमा रुपन्देहीका रमेश कुर्मी, तुलबहादुर थापा, निश्चल ज्ञवाली र अजयकुमार चौहानले २–२ तथा देव खनालले १ विकेट लिए ।

जवाफमा रूपन्देहीले १७ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा प्रज्वल थापाले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, तुलबहादुर थापा १६ र देव खनालले ११ रन बनाए । बलिङमा आर्मीका जितेन्द्रसिंह ठकुरीले ३, प्रेम गुरुङले २ र पवन कार्कीले १ विकेट लिए । आर्मीका जितेन्द्रसिंह ठकुरी प्लेयर अफ द म्याच र म्यान अफ द सिरिज भए । उनले दुबैतर्फ गरी जनही ७ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, एकदिवसीय सिरिजतर्फ रुपन्देहीका कृष्ण कार्की म्यान अफ द सिरिज भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा टेष्ट, एकदिवसीय र  टी–ट्वान्टी सिरिज विजेता रुपन्देहीले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

विजयी टिमलाई आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, मुख्य प्रायोजक हरिष सेठिया र सुनिल सेठिया, प्रायोजक लुम्बिनी नेत्रालयका संचालक डा.हिराबहादुर शाह, रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्षहरु प्रेमकुमार सेन्चुरी र प्रशान्तविक्रम मल्ल, कार्यक्रम संयोजक प्रथम पराजुली लगायतले पुरस्कार प्रदान गरे । नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्पर्धा भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार