मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आगामी चुनावमा माओवादी एक्लै लड्छ र जित्छ : प्रचण्ड

Ujyalosandeshonline 11005+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन् । शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन् । 

उनले भने, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समिकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ । हिजो ०६४मा जसरी आफ्नै एजेण्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौं अब एकचोटि फेरी हामी आफ्नै जनता र  वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

साथै उनले संगठानात्मक गतिविधि जुन स्टिममा अगाडि बढ्नुपर्ने हो त्यो पार्टीभित्र नबढेको बताए । उनले पार्टी भित्रको गुटबन्दी, अराजकता, सबै हटाउनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टी जस्तो स्थितीमा अहिले छ पार्टी भित्रको गुटबन्दी, अराजकता, असाध्यै बढि व्यत्तिवादी आत्मकेन्द्रित हुने प्रक्रियामा छ । संगठानात्मक गतिविधि जुन स्टिममा अगाडि बढाउनुपर्ने थियो त्यसरी बढेको छैन, त्यसकारण हामीले यो यथास्थितीलाई तोड्पर्ने हुन्छ र नयाँ यथार्ततिर नयाँ प्रक्रियातिर हामी जानुपर्ने हुन्छ भनेर हामीले संकल्प  लिएका छौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार