मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

कांग्रेस महासमिति बैठक : आजदेखि समूहगत छलफल

Ujyalosandeshonline 11467+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

गोदावरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल सुरू हुँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका छन् । 

बुधबार ती प्रस्तावहरूमाथि छलफल सुरु हुन लागेको हो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको भावी नीति र रणनीति, महामन्त्री गगनकुमार थापाले संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका छन् भने अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पार्टीको लेखा प्रतिवेदन छलफलका लागि पेश गरेका छन् । 

पाँच वटै प्रस्तावहरूमाथि बुधबारदेखि समूहगत छलफल प्रारम्भ हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार प्रस्तुत प्रस्तावहरूमाथि बुधबारदेखि चार वटा हलहरूमा छलफल हुनेछ । 

गोदावरी हलमा कोशी र सुदूरपश्चिम, कोञ्ज्यासोम हलमा लुम्बिनी प्रदेश र भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरू, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश, बिशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ । समूहगत छलफलबाट प्राप्त सुझावहरूमाथि छलफल गर्दै महासमिति बैठक बिहीबार सम्पन्न हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार