मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

साहू–तेली कल्याण समिति रुपन्देहीका अध्यक्ष गुप्ताको निधन

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

भैरहवा । साहू–तेली कल्याण सेवा समिति, जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष रामवचन गुप्ताको निधन भएको छ । गुप्ताको सोमबार (हिजो) साँझ साढे ५ बजे उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचारका क्रममा निधन भएको समितिको रुपन्देहीका कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ताले बताए । कोषाध्यक्ष गुप्ताका अनुुसार अध्यक्ष ७३ वर्षको उमेरमा निधन भएका रामवचन मृगौला, कलेजो लगायत समस्या भइ उपचाररत थिए ।

श्री महात्मा बुद्ध माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका उद्योगी एवं समाजसेवी गुप्ताको निधनले उहाँको परिवारसँगै समाजलाई अपूरणीय क्षति पुगेको साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका सचिव रामदयाल गुप्ताले बताए । उनले भने, ‘अत्यन्तै सरल र शालिन स्वभावका धनी साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका अध्यक्ष रामवचन गुप्ताज्यूको निधनले हामी अत्यन्तै मर्माहत भएका छौं, समाजमा उहाँको अभाव खड्किरहन्छ ।’

सिद्धार्थनगर नगरपालिका–६ पिपरहिया निवासी  स्वर्गीय रामवचन गुप्ता जगदम्बा राईस मिल सञ्चालन गर्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार