मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

गृह मन्त्रालयद्वारा भारी वर्षाको सम्भावनालाई लिएर विशेष परिपत्र जारी : लामो दूरीका यातायात बन्द

Ujyalosandeshonline 11467+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना औंल्याएपछि गृह मन्त्रालयले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि विशेष परिपत्र जारी गरेको छ। यसअनुसार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा असोज १८, १९ र २० गते लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सबै सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिनेछ ।

मुख्य निर्देशनहरू:

  • यातायात बन्द: असोज १८, १९ र २० गते लामो दूरीका तथा उपत्यका भित्रिने/बाहिरिने सबै सवारी साधनहरू पूर्ण रूपमा बन्द।

  • यात्रुहरूलाई सहजीकरण: राजमार्गमा रोकिएका यात्रुहरूलाई सडक र मौसमको अवस्था हेरी गन्तव्यसम्म पुर्याउन सहजीकरण गरिनेछ। यसका साथै स्थानीय तह र संघसंस्थाहरूसँगको समन्वयमा खानपानको व्यवस्था गरिनेछ।

  • मानवीय संवेदनशीलता: एम्बुलेन्सलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहयोग गरिनेछ भने अलपत्र परेका गर्भवती महिलाहरूलाई नजिकको बिरथिंग सेन्टरसम्म पुर्याइनेछ।

  • स्थानान्तरण: बाढी, पहिरोको जोखिममा रहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय वा खुला स्थानमा स्थानान्तरण गरिनेछ।

  • विमानस्थलका यात्रुहरूका लागि व्यवस्था: उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुहरूका लागि यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाइनेछ।

  • आपत्कालीन सम्पर्क: तत्काल उद्धारको आवश्यकता परेमा गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न भनिएको छ।

  • २४ सै घण्टा उपस्थिति: बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ।

गृह मन्त्रालयले यी सबै कार्यहरूको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। यस विषम परिस्थितिमा सबैलाई सचेत रहन र आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग सम्पर्कमा रहन आह्वान गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार