मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भैरहवामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

Ujyalosandeshonline 12431+ समाचार ( )
७ अशोज २०८१, सोमबार

भैरहवा । चाडपर्व लक्षित सुपथ मूल्य पसल रुपन्देहीको भैरहवामा पनि सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाले दसैं, तिहार, नेपाल सम्वत, छठ् पर्वको अवसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उपभोक्ता बाबुराम घिमिरेलाई चामल हस्तान्तरण गर्दै उक्त पसलको उद्घाटन गरे । आयोजित समारोहलाई सम्बोधन गर्दै अधिकारी अर्यालले आर्थिक रुपमा विपन्न व्यक्तिहरुलाई लक्षित गरेर सूपथ मूल्य पसल सञ्चालन गरिएको बताए ।

उनले भने,‘लक्षित वर्गको पहिचान गरी ती वर्गसम्म पुग्नुपर्छ । यसको उद्देश्य अनुसार लक्षित वर्षसम्म पुगोस् । पाउनु पर्नेले नपाउने र नपाउनु पर्नेले पाउने नहोस् ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाकी प्रमुख चुनु बुढाथोकीले चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताइन् । उनले लक्षित वर्गसम्म यो सेवा पुर्याउने गरी अघि बढ्ने बताइन् ।

उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हाल कारागारमा मात्र चामल जाने गरेको छ । अन्य कार्यालयहरुमा पनि यहाँको गुणस्तरीय चामल जाने गरी पहल हुनुपर्छ ।’ उनले सहकारीमार्फत विभिन्न पालिका तथा आवश्यक स्थानमा सुपथ मूल्य पसल खोल्ने योजना रहेको र यसमा पालिकाहरुले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै कार्यालयका वरिष्ठ सहायक कर्मचारी कमान सिंह रानाले महान चाडपर्वको अवसरमा नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा असोज ७ गतेभित्र नेपालभरीका ४२ जिल्लाका ६१ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने कार्यक्रम अनुसार भैरहवामा सञ्चालन गरिएको बताए ।

उनका अनुसार सुपथ मूल्य पसलमा सावाँ चामल प्रतिकेजी ७० रुपैयाँ, मोटा चामल प्रतिकेजी ५८ रुपैयाँ, स्टीम जीरा प्रतिकेजी ८५ रुपैयाँ र सोना मन्सुली प्रतिकेजी ६० रुपैयाँ मा उपलब्ध रहेको छ। हाल कार्यालयमा ४ हजार क्वीन्टल चामल स्टक रहेको उनले जानकारी दिए ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य भरत बहादुर के.सी.ले सुपथ मूल्य पसलको सदुपयोग गर्न उपभोक्तालाई आग्रह गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवा सिद्धार्थनगर–८ स्थित लुम्बिनी गेटकै छेउमा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार