मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

Ujyalosandeshonline 11011+ समाचार ( )
१४ असार २०८२, शनिबार

सिरहा । गोलबजार नगरपालिकाको शैक्षिक दुर्दशा ज्यादै कहालाग्दो छ । शुक्रबार प्रकाशित एसईईको परीक्षाफल हेर्ने हो भने सामूदायिक विद्यालयहरुको शैक्षिक प्रगति रसातलमा पुगेको देखिन्छ । विगत सात वर्षदखि नमूना विद्यालयको हैसियतमा वार्षिक करोड रुपैयाँ भन्दा अधिक सरकारी अनुदान प्राप्त गरिरहेको जनता नमूना माध्यमिक विद्यालय चोहर्वाले निराशाजनक प्रदर्शन गरेको छ ।

उपरोक्त विद्यालयबाट एसईई परीक्षामा सामेल भएका १०६ जना विद्यार्थी मध्ये  जम्मा १७ जना मात्र उत्तीर्ण भएका छन् । ८९ जना विद्यार्थी ननग्रेड अर्थात असफल भएका छन् । उत्तीर्ण भएका १७ जना मध्ये पनि १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु  पढ्न पाउँछन् । बाँकी चार जनाको ग्रेडमा नाम निस्किए पनि निम्नस्तरको अंक प्राप्त भएको छ । यो परीक्षाफलले ८९ जना विद्यार्थीहरुको भविष्य गोलमाल बनाएको छ ।

शिक्षासँग सरोकार राख्ने स्थानीय बासिन्दा रामचन्द्र सिंह भन्छन् ,‘विद्यालयमा बग्रेल्ति शिक्षक छन् । तर पठनपाठन गतिलो छैन । शिक्षकहरु चोहर्वा दरवारको तावेदारी र एमालेको राजनीति गर्न मै व्यस्त छन् । अनि कसरी विद्यार्थी पास हुन्छन् त ?’,उनले थपे,‘चोहर्वा स्कूलमा सबै साधन र स्रोत हुँदा पनि पठनपाठन न्यूनस्तरको छ ।

चोहर्वा दरवारको इशारामा निम्नस्तरका शिक्षकहरु सरुवा गरेर ल्याएर थुपारिएको छ । कतिपय शिक्षकहरु नेताका मामा नाता पर्छन् र पढाउन छाडेर पार्टीको संगठन बनाउन हिँडछन् । अनि कसरी शैक्षिक गुणस्तर उकासिन्छ त ? चोहर्वा स्कूलको शैक्षिक उन्नयनका लागि यसलाई चोहर्वा दरवारको राजनीतिबाट मुक्त गराउनै पर्छ ।’  विद्यालयमा प्रधानाध्यापक ब्रह्मदेव महतोलाई रिजल्टबारे प्रतिक्रिया माग्दा उनले भने हाम्रो विद्यालयको रिजल्ट बिग्रिएको छ । खोइ के भनौ र ? बोल्ने बाटै छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार