मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा

Ujyalosandeshonline 11086+ समाचार ( )
१३ वैशाख २०८३, आइतबार

काठमाडौं । मनोहरा नदी किनारमा अतिक्रमित संरचना हटाउने क्रममा उत्पन्न तनावपछि नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की स्वयं घटनास्थलमा पुगेका छन्। शनिबार सुकुम्वासी बस्ती व्यवस्थापनका क्रममा प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि अवस्था असामान्य बनेको थियो।

थापाथली र गैरीगाउँ क्षेत्रमा प्रारम्भिक व्यवस्थापन सम्पन्न गरेपछि मनोहरा क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि अचानक आक्रमण हुँदा करिब एक दर्जन सुरक्षाकर्मी घाइते भएका थिए। परिस्थितिलाई थप जटिल नबनाउने रणनीतिसहित प्रहरीले तत्काल प्रतिकार नगरी पछि हट्ने निर्णय गरेको थियो।

आइतबार बिहानदेखि भने प्रहरी पुनः संयमित ढंगले परिचालन हुँदै अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिएको छ। सम्भावित पुनः तनावलाई ध्यानमा राख्दै प्रहरी प्रमुख कार्की स्वयं फिल्डमा पुगेर अवस्थाको प्रत्यक्ष अनुगमन गरेका हुन्।

स्थलगत निरीक्षणका क्रममा आईजिपी कार्कीले सुरक्षाकर्मीलाई उच्च संयमता अपनाउन, मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्न र स्थानीयसँग सहकार्य गर्दै काम अघि बढाउन निर्देशन दिएका छन्। उनले प्रभावित बासिन्दासँग संवाद गर्दै समस्या समाधानमा सहयोग गर्न आग्रह पनि गरे।

प्रहरी नेतृत्व प्रत्यक्ष रूपमा मैदानमा उत्रिएपछि सुरक्षा व्यवस्था थप मजबुत बनेको र कार्यसम्पादन अधिक समन्वयात्मक तथा व्यवस्थित ढंगले अघि बढेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार