मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पेट्रोलियम गाडीमा यूरो–६ लागू हुने, डिजिटल बैंक स्थापना गरिने

Ujyalosandeshonline 12437+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

काठमाडौं । पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा यूरो–६ लागू गरिने बताएका हुन् ।

उनले भने, ‘आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिनेछ । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुनेछ ।’यसैगरी सरकारले डिजिटल बैंक स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् । 

‘सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ । नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ,’राष्ट्रपति पौडेलले भने ।

यसैगरी सरकारले विद्यालय शिक्षा ऐन बनाउने भएको छ । विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाइने भएको हो ।राष्ट्रपति पौडेलले विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध पनि गरिने बताए । उनले उद्यमशीलतामैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको र पाठ्यक्रममा सुधार गरिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार