मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कोशी बन्दकर्ताको माग : ‘नो केवलकार’

Ujyalosandeshonline 11005+ समाचार ( )
२० माघ २०८१, आइतबार

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् ।

मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संघ संस्था एवम् राजनीतिक दलहरुको आब्हानमा जारी आन्दोलनका क्रममा भेटिएकी प्रदर्शनकारी सुमित्रा राईले आन्दोलनका क्रममा घाइतेको उपचार गर्नुपर्ने र केवलकार बनाउने योजना खारेज हुनुपर्ने माग राखिन । उनले भनिन्,‘हाम्रो माग भनेको नो केवल कार हो । माग पूरा नभए आम हडतालमा उत्रिन्छौं ।’

अर्का प्रदर्शनकारी निक्रम लिम्बुले मुक्कुमलुङको पहिचान मेटाउनेगरी केबलकार बनाउने योजनालाई खारेज गर्न माग गर्दा वेवास्ता गरिएकाले बाध्य भएर सडकमा आउनुपरेको बताए । उनले आन्दोलनका क्रममा अत्यावश्यक सेवालाई प्रभाव नपारेको तर दुई दिनभित्र सरकारले सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

आन्दोलनकारीले सुनसरीसहित पूर्वका नौ जिल्लामा आज र भोलि बन्दको आब्हान गरेका छन् । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा प्रभावित छ । आन्दोलनकारीहरूले सडकमा निस्किएर ‘केवलकार चाहिँदैन’, मुकुम्लुङको संरक्षण गर, सरकारी दमन अन्त्य गर जस्ता नारा लगाइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार