मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

राजा महेन्द्रको नीति अझै चल्दैछ, अब परिवर्तन हुन्छ : मन्त्री गुरुङ

Ujyalosandeshonline 12437+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो वर्षलाई नीति निर्माण गर्ने र विधेयक पास गर्ने वर्ष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबारकाठमाडौं आयोजित सामुदायिक रेडियो प्रसारक संघको १८ औं वार्षिक साधारण सभा र अधिवेशनमा उनले राजा महेन्द्रको नीतिले अझै पनि चलिरहेको भन्दै त्यसलाई परिवर्तन गर्ने बताएका हुन् । 

उनले भने, ‘यो वर्ष कतिपय नीति संशोधन गर्नुपर्ने छ । राजा महेन्द्रको नीति त फाल्नुपर्यो नी । गणतन्त्रात्मक शासन प्रणालीमा काम गर्ने नीति बनाउनु पर्यो ।  त्यही नीति अनुसार विधेयकहरु बनाउनुपर्ने हुन्छ । यो वर्ष सबै नीति निर्माण गर्ने, विधेयक पास गर्ने वर्ष बनाउने हो ।’

यसका साथै, उनले पञ्चायतको नीति, कानूनबाट शासित क्षेत्रलाई सुधार गर्ने अवसर प्राप्त भएको भन्दै खुशी पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘कुनै अभियान सञ्चालन गर्नको लागि कुनै अध्ययन हुँदैन, अभ्यास पनि हुदैँन् । नीति पनि हुदैँन् । एक्कासी अभियान सुरु हुन्छ । अझै पनि १९, १५, १३ र २६ सालका कानूनले चलिरहेका छौ । बहुदलमा दुईवटा मात्र कानून बनेको छ, एउटा प्रेस काउन्सिलको र अर्को सञ्चार ऐन संशोधन भएको रहेछ । बाँकी सबै राजा महेन्द्रको कानूनबाट शासित रहेछ । बहुदलीय व्यवस्थामा बसेर पञ्चायतको नीति, कानूनबाट शासित छौं हामी । यसरी कसरी विकास हुन्छ । यसलाई सुधार गर्ने अवसर प्राप्त भएको छ भनेर म खुशी पनि छु ।’

सबै पार्टीले भाषण गर्न जान्ने नेताहरु मात्र धेरै निर्माण गरेको भन्दै कुर्सीमा बसेर शासन गर्न योग्य नेताको आवश्यकता रहेको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार