लागुऔषधसहित ३ जना पक्राउ

Ujyalosandeshonline 11469+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

भैरहवा । रुपन्देही प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-८ का ४० वर्षीय बिशाल प्रताप राणा, सिद्धार्थनगर-७ का २२ वर्षीय अरबाज मुसलमान र कैलाली घोडाघोडी नगरपालिका-१ का २८ वर्षीय बिकाश बहादुर सिंह ठकुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर-१२ आवारोडमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेका तीनै जनाको साथबाट १ किलो गाँजा, १०० ग्राम चरेस, ३ थान मोबाइल र १ थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार