मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

छिपागढ माविमा १० लाखको लागतमा इन्टरलक ब्लक निर्माण

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

धकधइ । रुपन्देहीको छिपागढ माध्यमिक विद्यालयमा १० लाखको लागतमा इन्टरलक ब्लक निर्माण कार्य सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा प्रदेश सभा सदस्य आषिश कुमार चौधरीको बजेटबाट उक्त निर्माण कार्य सम्पन्न भएको हो । 

विद्यालयको प्राङ्गणमा निर्माण भएको इन्टरलक ब्लकको उदघाटन गर्दै प्रदेश सभा सदस्य चौधरीले प्रदेस सरकारले शिक्षामा लगानी गर्ने नीति अनुरुप उक्त कार्य सम्पन्न गरिएको बताए । उनले आफू प्रदेस संसदमा निर्वाचित भए देखि नै शिक्षा क्षेत्रलाइ आफ्नो प्राथमिकतामा राखेको बताए । निर्माण भएको ब्लकले शिक्षक र अध्ययनरत बिद्यार्थीहरु क्षमतामा थोरै भए पनि सुधार आउने अपेक्षा ब्यक्त गरे । उनले सामुदायिक विद्यालयहरुमा पहिलेको तुलनामा शिक्षाको गुणस्तरमा धेरै सुधार ल्याएको बताउदै छिपागढ माध्यमिक विद्यालयले आफुलाइ यस क्षेत्रमा सधै अब्बल साबित गरेको बताए । 

छिपागढ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष सेराज अहमद खानको अध्यक्षता, प्रदेस सभा सदस्य आशिष कुमार चौधरीको प्रमुख आतिथ्यता, राप्रपा केन्द्रिय सह महामन्त्री ताहिर अलिको विशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिका प्रवक्ता एवम वडा नम्बर ३ का वडा अध्यक्ष  विर बहादुर क्षेत्री, वडा नम्बर ४ का  वडाध्यक्ष तारानाथ यादव, रामनरेश यादव आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष अमरनाथ त्रिपाठी, समाजसेवीसतिश मिश्रा लगायतले बोलेका थिए । विद्यालयका सहायक प्रधान अध्यापक  अहमद अलि अन्सारीको सञ्चालन, तथा प्रधान अध्यापक  ईन्द्र कुमार यादवको स्वागतमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार