मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

‘अस्थिरता र अविश्वासले पुनरुत्थानवादीहरूलाई हौसला मिल्यो’

Ujyalosandeshonline 12441+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिमा बढेको अस्थिरता र अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला मिलेको बताएको छ ।

आइतबार काठमाडौंमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला मिलिरहेको जानकारी दिइएको हो ।

अध्यक्ष माधवकुमार नेपालले नेकपा एकिकृत समाजवादी पार्टीले यस्तो कुकृत्यहरुबाट भाग्न नमिल्ने बताए । उनले प्रमुख प्रतिपक्षीसहितका दलहरुको बैठकमा सहभागी हुँदा प्रधानमन्त्रीसँग छलफल गरेको समेत बताए ।

प्रदेश सरकारमा सत्ता घटक भएको कारण बैठकमा सहभाभी भएको बताउँदै उनले कुनै पनि नेतासँग उठबस गर्नु नौलो नभएको बताए ।

उनले भने, ‘प्रदेश सरकारका लागि सत्ता घटक भएका कारण प्रमुख प्रतिपक्षीहरुसँग हामी सहभागी भएका हौं । कसैले पनि कुनै नेतासँग पनि उठबस गर्न पाउँछ र हामीले पनि पाउँछौं । कसैले आत्तिनुपर्ने आवश्यकता छैन । मैले विपक्षीहरुको बैठकमा सहभागी भएको विषयमा प्रधानमन्त्रीसँग फोन वार्तामा जानकारी समेत गराएको थिएँ ।’

त्यस्तै, अध्यक्ष दाहालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशमा चारवटा दस्तावेजहरु प्रस्तुत गर्ने बताए ।

नेता नेपालका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादको कार्य दस्तावेज, संगठनात्मक प्रस्ताव र विधान प्रस्ताव प्रस्तुत हुनेछ । दस्तावेजहरुमा पार्टीको ग्रासरुटदेखि माथिल्लो तहबाट समेत सुझावहरु संकलन भइरहेको बताए । सो अवसरमा पार्टीको दशौं महाधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार