मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मनसुनी वर्षासँगै आएको बाढी-पहिरो : १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण  विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक विभागको रिपोर्ट अनुसार,  संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन् । 

सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरुभएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन् । 

यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ।  यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८÷१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४÷४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।

विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार