मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अर्घाखाँचीको सन्धिखर्कमा ‘द बेष्ट ट्राभल एण्ड टुर’ को शुभारम्भ

अनिल नेपाली 141+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १, मञ्चलाईनमा ‘द बेष्ट ट्राभल एण्ड टुर प्रा. लि.’ ले आफ्नो औपचारिक यात्रा सुरु गरेको छ । एक विशेष कार्यक्रमका बीच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले ट्राभलको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा ट्राभल एजेन्सीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले जिल्लामा यस्तो व्यावसायिक संस्थाको आवश्यकता रहेको र अनुभवी व्यवसायी राजु खड्काको यो प्रयासले जिल्लावासीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका पूर्व नगरप्रमुख कमल प्रसाद भुसाल, भूमिका स्थान नगरपालिकाका संस्थापक नगर प्रमुख रेशम थापा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

ट्राभलका सञ्चालक, युवा व्यवसायी राजु खड्काले आफ्नो संस्थाले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, ‘द बेष्ट ट्राभल एण्ड टुर’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका टुर प्याकेज, टिकटिङ, भिसा प्रक्रियामा सहजीकरण लगायतका सेवाहरू उपलब्ध गराउनेछ । अनुभवी टोलीद्वारा गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गरी ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने खड्काले बताउनुभयो ।

यस ट्राभल एजेन्सीको स्थापनासँगै अब अर्घाखाँचीवासीले जिल्लाबाटै सहज रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणका लागि आवश्यक सेवा प्राप्त गर्न सक्नेछन् । यसले जिल्लाको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार