मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक हो : प्रधानमन्त्री

Ujyalosandeshonline 11009+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

काठमाडौं । लेखक, कवि एवम् साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरु एकसाथ विमोचन गरिएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृतिहरुको प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरे ।

साहित्यकार गौतमका शनिबार सार्वजनिक गरिएका तीनवटै कृतिहरुभित्र ६ वटा विभिन्न विषयसँग सम्बन्धित विषयहरु उल्लेख गरिएका छन् ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरुको गन्तव्य मुलुक भएको उल्लेख गर्दै राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए ।

नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्य जस्तासाहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुको विरासत नयाँ पुस्ताका साहित्यकारहरुले सम्हाल्नुपर्ने बताए ।

उनले भने, ‘समाज तथा राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट योगदान दिने स्रष्टाहरुलाई उचित सम्मान र संरक्षण गर्नुपर्दछ ।’  

‘हाम्रो देश साहित्यकारहरुको गन्तव्य मुलुक हो । भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल र बालकृष्ण सम जस्ता साहित्यकारहरु र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकार जन्माउने देश हो । नेपालमा एक जनाले भन्नुभएको थियो । भारतका तीन जना साहित्यकार जोड्यो भने बल्ल लक्ष्मीप्रसाद जस्ता सात्यिकार जन्मन्छन् भनेर । अबको पुस्ताले उहाँको विरासत सम्हालनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार