मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी

Ujyalosandeshonline 12441+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

मुगु । मुगुको दुर्गम बस्ती लिब्रुमा सडक पुगेपछि स्थानिय खुसी भएका छन् । नेपालको बिकट हिमाली जिल्ला शिक्षा, स्वास्थ्य , सञ्चार ,सडक क्षेत्रले पछि परेको मुगुमा संघियता आएपछि बिकट बस्तीहरुमा सडक सञ्जाल दिन प्रतिदिन धमाधम जोडिन थालेका छन् ।

सोरुगाँउपालिका वडा नम्बर ४ मा रहेको  लिब्रु र रावलबाडा बस्तीहरुका सडक सञ्जाल  जोडीएपछि स्थानिय बासीहरु सडक प्रयोग गर्न पाईने भयो खुसी भएका छन् ।

बिगतका दिनहरुमा रोजि रोटीको लागी भारत र राजपुर तिर गएपछि मात्र गाढी साईकलहरु देखेको भए पनि अहिले गाउँमा नै सडक सञ्जाल पुगेपछि सुखी लागेको सोरुगाँउपालिका वडा नम्बर ४ लिब्रुकी स्थानिय सम्झना बिकले बताइन् ।

उनले भनिन्, ‘यसरी हाम्रो जन्म भूमीमा गाडी पुगेपछि निकै खुसी भएका छौं, बिरामी हुँदा डोकोमा बोकेर ३,४ दिन उपचार गर्न वा ,अन्य सरकारी काम गर्न सदरमुकाम गमगढी ३ दिन लगाएर जाने गरेका थियौं , अब घरको आगनबाटै गाडी देख्न ,प्रयोग गर्न पाउने भयौं  निकै खुसी लागेको छ ।’

सोरुकोट मसिनामेला लिब्रु सडक खण्ड स्थानिय तहको पहलमा बिभिन्न सरकारी निकायको पहलमा ३,४ बर्ष पहिला देखी निमार्ण हुँदै आईरहेको थियो ।  यो सडक सोरुकोटदेखी लिबु्र नदीको किनारसम्म १३ किलो मिटर रहेको छ ।

यसको सडकमा  कुल लागत १ करोड भन्दा बढी रकम खर्च भएर निमार्ण भएकोे सोरुगाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताए ।

निर्वाचनमा उम्मेदार भएर जनताको घर दैलोमा जाँदा जनतासामु पहिलो आफ्नो एजेन्डा सोरुगाँउपालिकामा रहेका ११ वडाहरुमा सडक सञ्जालको पहुँच पुर्याउने र सडकबाट नागरीकहरुको दैनक जिवनमा गरीने कार्यको सहज रुपमा पहुँच पुर्याउने लक्ष्य अनुसार सडक सञ्जाल निर्माण गरिएको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार