मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

कृषकलाई अनुदानमा कृषिजन्य समाग्री वितरण

Ujyalosandeshonline 11474+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

रौतहट । रौतहटको गरुडा नगरपालिकाले कृषकलाई  ५० प्रतिशत अनुदानमा कृषिजन्य समाग्री वितरण गरेको छ । पालिकाले कृषकलाई भैँसी, विद्युत मोटर, पम्पसेट, मिल्क्यान, चिसिङ भ्याट र डिफ्रिज लगायत वितरणको योजना बनाएको छ । 

सोही अनुसार पालिकाले पशु डेरी यान्त्रिकरण तथा भैंसी बाख्रा वितरण कार्यक्रम अन्तर्गत वडा न . ५ का कृषकलाई पम्पसेट २४ थान, मोटर १४ थान, भैंसी २ थान, दूध चिसिङ भ्याट २ थान,  दूध संकलन क्यान १० थान वितरण गरिएको वडाअध्यक्ष रामबिनोद जैसवालले बताए । 

मुक्तिनाथ ट्रेडिङ लिमिटेड, मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेड तथा गरुडा नगरपालिकाको सहकार्य यो सामग्री वितरण गरिएको उनले जानकारी दिए । गरुडा नगरपालिकाको यो कार्यक्रमले कृषि र पशुपालन क्षेत्रमा ठोस सुधार ल्याउने उनले विश्वास व्यक्त गरे । 

आधुनिक प्रविधि तथा पशुधन वितरणले कृषकको आयआर्जनमा पनि मद्धत पुग्ने उनको भनाइ छ । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले कृषकहरूलाई प्राप्त उपकरणको सही सदुपयोग गर्दै उत्पादन वृद्धिमा लाग्न आग्रह गरेका छन् । 

पालिकाले कृषिलाई आधुनिकीकरण गरी किसानको आर्थिक अवस्थामा सुधार गर्नका लागि किसानलाई भैंसी बाख्रा दुध चिस्यान भ्याट, दुध संकलन क्यान, पम्पीसेट र सिँचाइ मोटर वितरण गरेको उनले उल्लेख गरे । किसानहरुलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले आपूर्ति प्रक्रियामा पारदर्शिता अपनाइएको उनको जिकिर छ । 

कृषकहरूलाई ५० प्रतिशत अनुदानमा जम्मा १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० जनालाई मिल्क्यान, १ हजार र २ हजार लिटर क्षमताका चिसिङ भ्याट, ८०० लिटरका डिफ्रिज, दुईवटा मिल्क पम्प, तीनवटा मिल सेपरेटर लगायतका सामग्री वितरण गर्ने गरुडा नगरपालिकाको योजना छ । 

गरुडा नगरपालिकाका नगर प्रमुख  कन्थमनी प्रसाद जसवालले कृषि क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेको बताए। पालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको उनको जिकिर छ । गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को बजेट अन्तर्गत यो कार्यक्रम  सञ्चालन गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार