मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

ओमसतिया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु

Ujyalosandeshonline 11474+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु भएको छ। गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले सामाजिक सञ्जालमार्फत यो महत्वपूर्ण जानकारी गराउनुभएको हो। गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म राष्ट्रिय परिचयपत्र वितरण कार्य जारी रहेको छ। सम्बन्धित वडाका सेवाग्राहीहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई आफ्नो परिचयपत्र प्राप्त गर्न अनुरोध गरिएको छ। यस कार्यक्रमले स्थानीय बासिन्दाहरूलाई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सहज पुग्ने अपेक्षा गरिएको छ।

उपाध्यक्ष चौधरीका अनुसार, आज ओमसतिया वडा नम्बर १, २, ३, ४ र ६ मा परिचयपत्र वितरण कार्य सुरु भएको छ भने वडा नम्बर ५ मा आइतबारदेखि सञ्चालन हुनेछ। उपाध्यक्ष चौधरीले गाउँमै परिचयपत्र उपलब्ध भएकाले कोही पनि नछुटून् भन्दै सबैलाई आ-आफ्नो परिचयपत्र लिनका लागि आग्रह गर्नुभएको छ। उहाँले यस अभियानलाई सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार