मुख्य समाचार
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु |

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

Ujyalosandeshonline 12448+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

विराटनगर । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको छ । गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पु¥याइएको थियो । 

तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।

घाइतेहरुः 

भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ । गम्भीर

भोजपुरकै ६० वर्षीय देवी विक । गम्भीर 

धनकुटाका ६० वर्षीय हंशबहादुर राई । गम्भीर 

धनकुटाका ३४ वर्षीय धनकुमार बिक ।

धनकुटाकै ६० वर्षीया दीर्घमाया राई ।

भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ ।

भोजपुरकै अनमोल तामाङ । 

भोजपुरकी २४ वर्षीय सविना बराइली ।

भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा । 

भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ । 

बस चालक सुनसरीका का ५१ वर्षीय रुद्र तामाङ । 

सुनसरीका ४८ वर्षीय कृष्ण राउत ।

सुनसरीका २७ वर्षीय आयुष राई ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार