मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

Ujyalosandeshonline 11009+ समाचार ( )
३० माघ २०८२, बिहीबार

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  कार्यालय बर्दिवासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षका पछिल्ला छ महिनामा दुई हजार ५२५ वटा उजुरी दर्ता भएकामा धनुषाका ७८० उजुरी छन् ।  प्रदेश राजधानी रहेको यस जिल्लामा १८ वटा पालिका रहेका छन् ।

कार्यालयका उपसचिव प्रकाश पोखरेलले दर्ता भएका उजुरीमध्ये ८१२ वटा उजुरी फर्छ्यौट भएका र एक हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका बताउनुभयो । उहाँका अनुसार दर्ता भएका उजुरीमध्ये ७२ दशमलव ६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छ । जिल्लागत रूपमा सबैभन्दा बढी धनुषाका ७८०,  महोत्तरीका ५१४, सिरहाका ४८१, सर्लाहीका ३९७ र सबैभन्दा कम सोलुखुम्बू जिल्लाका ३९ वटा उजुरी दर्ता भएका छन् ।

आयोगमा दर्ता भएका उजुरीहरूको ‘स्क्रिनिङ’ गरी प्रारम्भिक तथा विस्तृत छानबिनमार्फत तामेली गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउने गरिएको उपसचिव पोखरेलले बताउनुभयो । “चालु आवका छ महिनामा ६०५ उजुरी तामेली, १० वटा सुझावसहित तामेली, ७९ मा आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ । यसैगरी ११८ उजुरी एकीकरण गरिएको छ”, उहाँले भन्नुभयो ।

आयोगको बर्दिवास क्षेत्रीय कार्यालयअन्तर्गत मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बू, बागमती प्रदेशका सिन्धुली र रामेछाप पर्दछन् । मधेसका रौतहट, बारा र पर्सा आयोगको कार्यालय हेटौँडामा तथा सप्तरी इटहरीको कार्यालयको क्षेत्राधिकारमा पर्ने गरेको छ । आयोगको बर्दिवास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रण गर्न आयोग सदाचार, निष्पक्षता र निर्भिकताका साथ काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार