मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता :
उदघाटन खेलमा ग्राण्ड कस्मो विजयी

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ माघ २०८०, शनिबार

भैरहवा । नेपाल र भारतको क्रिकेट टिम सहभागी ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता शनिबारबाट लुम्बिनीमा सुरु भएको छ । शनिबार भएको उदघाटन खेलमा ग्राण्ड कस्मोले गनवरिया क्रिकेट क्लबलाई ९९ रनले पराजित गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको ग्राण्ड कस्मोले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १९३ रनको बिशाल योगफल तयार गरेको थियो । ग्राण्ड कस्मोको लागि अमृत पाठकले २९ बलमा ३ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ६० रन बनाए । यस्तै रुपेश चौधरीले ४१ रन र दिप सिंहले २६ रन बनाए । 

बलिङमा गनवरियाका सन्तोष र दिपजलले समान २÷२ विकेट लिए । 

१९४ रनको लक्ष्य सहित मैदान छिरेको गनवरिया क्रिकेट क्लब १२ दशमलव २ ओभरमा आफ्नो सबै विकेट गुमाउदै ९४ रन मात्र बनाउन सक्यो । उसका लागि जितुले सर्वाधिक ४४ रन र कासीमले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक समेत जोड्न सकेनन् । 

ग्राण्ड कस्मोका बलर बैतुल्लाह खाँनको घातक बलिङको अगाडी गनवरिया टिम नतमस्तक भएको थियो । बैतुल्लाहले ३ ओभरमा १ मेडेन सहित मात्र १५ रन खर्चिदै  ३ विकेट लिए । यस्तै रुपेश चौधरी, गोविन्द चौधरी र सकील खाँनले समान २÷२ विकेट बाडे । ४१ रन बनाउदै २ विकेट समेत लिएका ग्राण्ड कस्मोका रुपेश चौधरी म्यान अफ द म्याच घोषित भए । 

यस अघि भएको उदघाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले लुम्बिनी प्रदेशमा विकास संगै खेलकुद विकासलाइ पनि प्राथमिकता दिएको बताए । युवाहरुलाइ कुलतबाट जोगाउन र उनिहरुको समग्र विकासमा खेलले महत्वपूर्ण भूमिका खेल्ने हुदा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने उनले बताए । 

शनिबारबाट सुरु भएको प्रतियोगितामा भारतका १६ टिम र नेपालका १६ टिम गरि ३२ वटा टिमको सहभागीता रहेको लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताए ।  

प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएका छन् । यस्तै नेपालको सिरहा, नेपालगञ्ज, कपिलवस्तु लगायतबाट टिमको सहभागीता रहेको छ । 

टेनिस बलले नकआउट आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगिता मध्ये पर्दछ । पहिलो पुरस्कार २ लाख रुपैया तथा दोश्रो पुरस्कार १ लाख रुपैया रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार