मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बेलहिया नाका सुन्दरीकरण तथा पर्यटनमैत्री बनाउन भैरहवा मेयर इश्तियाक अहमद खाँको सक्रियता

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख तथा संविधानसभा सदस्य इश्तियाक अहमद खाँले बेलहिया नाकालाई पर्यटनमैत्री र सुन्दर बनाउने उद्देश्यले सोमबार सरोकारवालाहरुसँग छलफल तथा स्थलगत अवलोकन गरेका छन् । जेनजी आन्दोलनका कारण रोकिएको बेलहिया नाका सुन्दरीकरण तथा हरियाली अभियानको कामलाई सुरु गराउन नगरप्रमुख खाँले लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन गराएका छन् ।

जसका लागि तत्काल काम अघि बढाउन उनले लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशी, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसाल, इन्जिनियर रेशमराज आचार्यसहित सरोकारवालाहरुसहित स्थलगत निरीक्षण गर्दै विस्तृत छलफल गरेका छन् । ‘बेलहिया नाका नेपालको प्रमुख प्रवेशद्वारमध्ये एक हो। यसलाई सफा, सुन्दर र पर्यटनमैत्री बनाउन सकेमा लुम्बिनी भ्रमणमा आउने पर्यटकको पहिलो प्रभाव सकारात्मक पर्छ’,नगर प्रमुख खाँले भने ।

लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बेलहिया नाकाको सुन्दरीकरणले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने बताए। पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद भुसालले प्राविधिक तथा बजेटको हिसाबले काम अघि बढाउन कुनै समस्या नरहेको जनाए । नगरप्रमुख खानले छिटै काम अघि बढाएर सुन्दरीकरण, हरियाली, फुटपाथ, सडक बत्ती, स्वागतद्वारलगायत काम एकैसाथ सुरु गरिने तयारी रहेको बताए । बेलहिया नाका सुन्दरीकरणले नेपाल–भारत सीमा क्षेत्रको मुहार फेरिने र लुम्बिनी आउने पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार