मर्चवार । नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेश सभा सांसद तथा पूर्वमन्त्री बसीउद्दीन खाँले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेट र योजनाबारे स्थानीयसँग छलफल गरेका छन्।
मंगलबार, सांसद खाँले रुपन्देहीको मर्चवार क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट विनियोजन भएका विभिन्न विकास आयोजनाहरूको स्थलगत निरीक्षण गरे। यस क्रममा उनले स्थानीय जनप्रतिनिधि, जनसमुदाय र सरोकारवालाहरूसँग भेटघाट र छलफल गरी आयोजनाहरूको कार्यान्वयनबारे जानकारी लिए।
सांसद खाँले स्थानीयको माग र आवश्यकताअनुसार नै महत्त्वपूर्ण योजना तथा बजेट ल्याउन सफल भएको बताए। उनले यी योजनाहरू समयमै र गुणस्तरीय तरिकाले सम्पन्न गर्नका लागि स्थानीय जनता र जनप्रतिनिधिहरूको सक्रिय सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन्। उनले विकास निर्माणको कामलाई प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको पनि स्पष्ट पारे।
यस अघि खाँ मन्त्री हुदा मर्चवारमा मर्चवारीमाइ मन्दिर, मझगावामा क्याम्पस भवन, भुवरी जोड्ने पुल लगायत दर्जन बढी योजनाहरुमा काम गरेको बताए । उनले विकासको यो गतिलाइ मर्चवार क्षेत्रमा निरन्तर रुपमा अगाडि बढाउने बताए ।
Very good work dai