मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

देउवालाई भेट्न बुढानीलकष्ठ पुगे दाहाल

Ujyalosandeshonline 12444+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वान टु वान भेटवार्ता भएको छ । आइताबार देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने विषयमा देउवासँग दुइपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच टीओआर टुंगो लगाएर संसदमा जारी गतिरोध अन्त्य गर्न निरन्तर कार्यदलका सदस्यले छलफल गर्दै आइरहेपनि गाँठो फुकाउन कांग्रेस तयार भएको थिएन । यता सत्तापक्षले पनि गृहमन्त्रीको नामै किटान गरी समिति गठन गर्ने कांग्रेसको बटमलाइनमा सहमत नभएपछि टीओआर टुंगो लगाउने जिम्मा कार्यदले शीर्ष नेताहरुलाई छाडेको छ । 

शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबिच भएको छलफल कार्यादेशमा सहमति जुट्न नसक्दा आइतबार बिहान ९ बजे बैठक बस्ने गरि हिजोको बैठक सकिएको थियो । तर, शीर्ष नेताहरुबीचको बैठक बस्नुअघि नै दाहाल देउवालाई फकाउन बुढानीलकष्ठ पुगेका छन् ।  आज संसद् बैठक अघि  शीर्ष नेताहरुले सो विषयमा सहमती जुटाएर सदनबाट नीति कार्यक्रम पारित गर्ने तयारी सरकारको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार