मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कब्रिस्तानका जग्गादातालाई सम्मान

Ujyalosandeshonline 11005+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

भैरहवा । रोहिणी गाउँपालिका वडा नम्बर २ छोटकी खुरहुरियामा कब्रिस्तानलाई जग्गादान गर्ने जग्गादाताहरुलाई सम्मान गरिएको छ । नेपाल मुस्लिम कब्रिस्तान संरक्षण समितिले शनिबार संगे बुनियाद तथा सम्मान कार्यक्रमका आयोजना गरि कब्रिस्तानको लागि जग्गा दान गर्नेहरुलाई सम्मान गरेको हो । 

रोहिणी गाउँपालिका वडा नम्बर २ छोटकी खुरहुरियाको कब्रिस्तालाई सोही ठाउ बस्ने हाजी अब्दुल अजीज ले २ कठ्ठा, जोखन खाँनले १ कठ्ठा १ धुर, तुफेल अहमदले १ कठ्ठा १३ धुर र सनिउल्लाह मुसलमानले १३ धुर जग्गा कब्रिस्तानको लागि दान दिएका हुन् । ७ कठ्ठामा रहेको कब्रिस्तानमा बाँकी जग्गा स्थानियहरुले आफै खरिद गरेको नेपाल मुस्लिम कब्रिस्तान संरक्षण समितिका अध्यक्ष हाजी अब्दुल अजीजले जानकारी दिए ।

मानिसको मृत्युपछि जाने एउटै स्थान कब्रिस्तानको लागि जग्गादान गरेर जग्गादाताहरुले अल्लाहको निगाहमा राम्रो काम गरेको कार्यक्रमका वक्ताहरुले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अब्दुल रज्जाक खाँनले कब्रिस्तानको संरक्षणमा स्थानियहरु जुट्नु प्रंशसनिय रहेको बताए । मानिसको अन्तिम गन्तब्यको लागि दान दिन सक्नु ठुलो ह्ृदय भएको दानीको पहिचान भएको उनले बताए । उनले अहिले कब्रिस्तानहरु अतिक्रमित हुदै गएकोले यसको संरक्षण आवश्यक रहेको औल्याए । कब्रिस्तानहरुलाई संरक्षित गरि उनिहरुको लालपूर्जा बनाउन आवश्यक रहेको बताउदै उनले यसको लागि आफुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । 

मुस्लिम कब्रिस्तान संरक्षण समिति जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको रोहिणी गाउँपालिकाकै पहिलो कब्रिस्तान भएको छ । जग्गा दाताहरुकबाट पाएका जग्गाको लालपूर्जाको आधारमा जिप्रकामा दर्ता भएको र यसलाई अब अभियानको रुपमा अगाडी बढाउनुपर्ने मुस्लिम अगुवाहरुले बताए । 

मुस्लिम कब्रिस्तान संरक्षण समितिका अध्यक्ष हाजी अब्दुल अजीजको अध्यक्षतामा भएको कार्यक्रममा हज कमिटीका सदस्य फैज अहमद खाँन, वडा नम्बर २ का पूर्व अध्यक्ष सरोज कुमार पाण्डे, नेकपा एमालेका नेता प्रदिप कुमार पाण्डे, पूर्व शिक्षक बुनियाद अलि, समसाद अहमद खाँन, लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन मुस्ताक अहमद खाँनले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार