मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विद्यालयमा शौचालयको अभाव हुँदा विद्यार्थी जंगल र खेतबारी धाउँछन्

Ujyalosandeshonline 12431+ समाचार ( )
२० अशोज २०८१, आइतबार

दान बहादुर बुढा

मुगु । तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरु शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन् । मिति २०७५ जेष्ठ २८ मा साविकका २४ गाउँ विकास समितिमा तामझामसहित राज्यकोषबाट ठूलोलगानी खर्च गरेर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएपनि विद्यालयमा शौचालय र पानीको अभावमा विद्यार्थीहरु जंगलतिर धाउन बाध्य बनेका हुन् ।

पश्चिम भेगमा पर्ने सोरु गाँउपालिकाको वडा नम्बर ३ ठूलागाँउमा रहेको गुरु माध्यमिक बिद्यालयमा अध्यानरत एकसय १९ छात्र, एकसय ६२ छात्रागरी जम्मा दुईसय ८३ जना विद्यार्थीहरु विद्यालयमा खानेपानी वा हात धुने पानीकोव्यवस्था नहुँदा अन्यन्त्र जान बाध्य बनेका हुन् ।

विद्यालयमा रहेका दुईवटा शौचालय र एकवटा यूरिनलमा दिशा र पिसावले भरिएकाका कारण विद्यार्थीहरु दिशा र पिसाब गर्न बन जङ्गल,खेतबारीमा जान बाध्य भएका हुन् । घर नजिक भएका विद्यार्थीहरु आफ्नै घरमा जाने गरेपनि टाढा भएकाहरु बन जंगल र खेतबारीमा जाने गरेको स्थानीयहरु बताउने गर्छन । 

विद्यालयमा निर्माण गरिएकाशौचालय दिशा र पिसावले भरीभराउ र फोहोर छन तर व्यवस्थापन समिति साथै स्थानीय सरकारले त्यसमा चासो नदिएका कारण विद्यार्थी र शिक्षकहरुलाई नै समस्या भएको कक्षा ८ मा अध्ययनरत छात्रा निरुता थामीले बताइन । । 

विद्यालयमा रहेका शौचालयहरु पहिला दुईतीन पटक निर्माण तथा मर्मत गरिएको तर पानी प्रयोग गर्ने तरिका नसिकाएको, शौचालय र धारा विग्रेको हुनाले शौचालय प्रयोग गर्नमा समस्या आएको अभिभावक जगत बहादुर सेजुवालले बताए ।

विद्यालयमा दुईवटा शौचालय निर्माण गरिएको भएपनि विशेषगरी पानीको समस्या भएका कारण विद्यार्थीको पढाइमै वाधा पर्ने गरेकाले सम्बन्धित निकायहरुले सहयोग गरिदिन शिक्षक युवराज बलले आग्रह गरे । समस्या समाधानका लागि पालिकाले ६८ लाखको शौचालयसहितबिद्यालय भवनका लागि बजेट बिनियोजन गरी पालिका लागि परेको पालिका उपाध्यक्षकेशर बहादुर शाहीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार