मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

परासीका मिठाइ पसलमा अनुगमन : भेटियो किरा र ढुसी लागेको मिठाइ

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा सञ्चालित मिठाई पसलहरुमा अखाद्य मिठाइ विक्री वितरण एवं भान्साको सरसफाइमा कमी देखिएको छ । संयुक्त बजार अनुगमन समितिले बुधबार गरेको अनुगमनको क्रममा गुणस्तरहिन मिठाइका परिकार विक्री भईरहेको फेला पारेको हो ।

अनुगमनको क्रममा परासीको अमृत्तम स्वीट्समा किरा र सडेर ढुसी लागेका मिठाई विक्री भईरहेको फेला पार्यो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि एवं पत्रकारसहितको संयुक्त टोलीले बुधबार सदरमुकाम परासीमा सञ्चालित मिठाई पसलहरुको अनुगमन गर्ने क्रममा रामग्राम–३ स्थित अमृत्तम स्वीट्सले जनस्वास्थ्य माथि गम्भीर खेलवाड गर्दै सडेगलेको र किरा लागेको रसबरी मिठाई तथा ढुसी लागेको पनिर विक्री गरिरहेको अवस्थामा फेला पारी नष्ट गरेको छ ।

उक्त पसलबाट किरा लागेको र दुर्गन्ध फैलिएको चार केजी रसबरी मिठाई तथा ढुसी परेको ५ केजी पनिर जफत गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक यादवले जानकारी दिनुभयो । अनुगमन टोलीले उक्त पसललाई आगामी दिनमा सुधार गरेर गुणस्तरीय मिठाइ मात्र विक्री गर्न सचेत गरेको छ ।

अखाद्य पदार्थ विक्री गर्ने उक्त पसललाई जरिवाना तथा थप कारवाही गर्नुपर्ने भएपनि जरिवाना गर्ने अधिकार प्राप्त अधिकारी अनुगमन टोलीमा नहुँदा कारवाही गर्न समस्या भएकोले सचेत गराएर छोडिएको अनुगमन टोलीको भनाई थियो । चाडपर्वको समयमा मिठाई तथा खाद्यन्नको खपत बढी हुने मौका छोपी व्यापारीले कालोबजारी, महंगी, मिसावट तथा अखाद्य पदार्थको विक्री वितरण गरि उपभोक्ता ठगि गरिरहेको गुनासो बढेपनि कर्मकाण्डी अनुगमनका कारण सुधार आउन नसकेको उपभोक्ताहरुको गुनासो छ ।

अनुगमन टोलीले परासीकै ऋद्धिसिद्धि मिष्ठान भण्डारबाट ३५ बोत्तल, लक्ष्मी मिष्ठान भण्डार तथा श्रीकृष्ण स्वीट्सबाट पनि दुई,दुई बोत्तल गरि करिब ४० बोत्तल म्याद गुज्रेको पेय पदार्थ जफत गरि नष्ट गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । अनुगमन गरिएका माखन भोग स्वीट्स, पशुपति मिष्ठान भण्डार, अमृत्तम स्वीट्स, ऋद्धिसिद्धि मिष्ठान भण्डार, लक्ष्मी मिष्ठान भण्डार,श्रीकृष्ण स्वटीस्् लगायतका भान्सामा सरसफाइको अभाव देखिएको पौडेलले  बताउनुभयो ।

परासीका ६ वठा मिठाई पसलमा अनुगमन गर्दा अधिकांश मिठाई पसलका भान्सामा सरसफाइको कमी, अखाद्य रंगको प्रयोग,हानिकारक केमिकल प्रयोग गरिएका मिठाई तथा म्याद गुज्रेका पेय पदार्थ विक्री वितरण गरिरहेको पाईएको उहाँले बताउनुभयो ।

दशैँ, तिहार तथा छठ लगायतका ठूला पर्वहरु नजिकिँदै जाँदा बजारमा महंगी, कृत्रिम अभाव, कालो बजारी, मिसावट गरि उपभोक्ता ठगि गरिरहेको गुनासो बढेपछि बजार अनुगमन शुरु गरिएको थियो । तर उपभोक्ताहरु भने प्रभावकारी अनुगमन नहुँदा ठगिने क्रम बढ्दै गएको गुनासो गर्छन् । देखावटी अनुगमनका लागि अनुगमन गर्ने प्रवृत्तिले उपभोक्ता र व्यापारीमा हाउगुजी मात्रै हुने गरेको उपभोक्ताहरुको आरोप छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार