मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बाढीका कारण अवरुद्ध सडक खुलाउन वडाध्यक्षहरु सक्रिय

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

रामेछाप । खाँडादेवी गाउँपालिकामा वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश स्थानीय सडक बिगारेको छ ।

बाढी पहिरोले सडक बिगारेर यातायात साधन ठप्प भएपछि सडक खुलाउन गाउँपालिका तथा वडाध्यक्षहरू लागेका छन् । बाढीका कारण अवरुद्ध भएका खाँडादेवी–३ का विभिन्न सडक खुलाउने कार्य जारी छ ।

सो क्रममा सित्खा–आँपचौर–रायगाउँबाट खाँडादेवी मन्दिर हुँदै जाने सडकका विभिन्न अवरोध हटाएर खुल्ला गरिएका छ । कतिपय स्थानमा मान्छे र पशुबस्तु समेत हिँड्न नसक्ने गरी बिग्रिएको सडक जेसीबी लगाएर मर्मत गरिएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए ।

यसैगरी भिरपानीबाट मझुवा जाने सडकको अवरोध पनि हटाउने काम भएको उनले बताए । वडाका अधिकांश सडक बढी पहिरोले बिगारेकोले क्रमशः अवरोध हटाएर सडक खुलाउँदै लैजाने कार्कीले जानकारी दिए ।

बाढी पहिरोले क्षति पुर्याएको वडा नं ८ र ९ का सडक पनि मर्मत भइरहेका छन् । ती सडकमा बाढी पहिरोले पुर्याएको अवरोध हटाउन वडाध्यक्ष लगायत स्थानीय तहका जनप्रतिनिधिहरू लागिरहेका छन् ।

सो गाउँपालिकाका नौवटै वडाका सडकहरू बाढी पहिरोको कारण अवरुद्ध भएका छन् । अवरुद्ध भएका सबै सडकहरू क्रमशः खुलाइने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । ‘बाटो सबै खुलाउने हो, तर ठुलो पानी आयो भने फेरि उस्तै हुने सम्भावना छ, तथापि तत्कालका लागि सबै सडक यातायात साधन चल्न सक्ने गरी मर्मत गर्छौँ’, उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार