मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ असार २०८२, आइतबार

जनकपुरधाम । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले "मधेशले देशलाई खुवाउने" दीर्घकालीन अभियान अघि बढाएको बताएका छन् ।

"उत्पादन मधेशमा, विस्तार देशमा" भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात प्रवर्द्धन गर्ने सरकारको स्पष्ट रणनीति रहेको उनले उल्लेख गरे। उनका अनुसार, धान उत्पादनलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको छ। साथै माटोको उर्वरता सुधार, सिंचाइमा आत्मनिर्भरता, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणलाई सरकारले उच्च प्राथमिकता दिएको छ।

मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए। आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल तथा सिंचाइ सुविधा सहज पहुँचमा पुर्‍याई कृषकहरूको जीवनस्तर उकास्न सरकार निरन्तर सक्रिय रहेको उनले बताए। “राष्ट्रिय धान दिवसले हामी सबैलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा संकल्प र प्रेरणा मिलोस्,” उनले भने, “म सम्पूर्ण कृषक दाजुभाइ–दिदीबहिनीप्रति सम्मान प्रकट गर्दछु।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार